म शासक होइन सधै जनताको सेवक बन्न चहान्छुः अध्यक्षको उम्मेदवार बानियाँ (प्रतिवद्धता पत्र सहित)

म्याग्दी । यहि बैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनमा बेनी नगरपालिका वडा नम्वर ६ मा नेकपा एमालेबाट वडा अध्यक्षको उम्मेदवार कृष्णसिंह बानियाँ नेतृत्वको टिमले चुनावी अभियान अन्तर्गत टोलभेला, वडासभा, घरदैलो, मतदाता भेटभाट लगायतका गतिविधिलाई समापन गरेको छ ।

वडाका सवै वस्तीमा घरदैलो गरि भोट मागिएको अध्यक्षका उम्मेदवार बानियाँले बताउनुभयो । नि. वडा अध्यक्ष समेत रहनुभएका बानियाँले बिगत ५ बर्षको समयमा सुशासन कायम गरि सेवा प्रवाहलाई छिटो, छरितो र प्रभावकारी बनाउनुभएको थियो ।

वडामा सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, युवा तथा खेलकुद, आमा समूह, बालबालिका, जेष्ठ नागरिक लगायतका क्षेत्रमा उल्लेख्य विकासका गतिविधिहरु संचालन भएको उहाँले बताउनुभयो ।
वडामा रहेका धार्मिक स्थलहरुको पुननिर्माण तथा संरक्षण, ऐतिहाँसिक चौतारी पोखरीको संरक्षण, खानेपानी धारा तथा कुवा मर्मत तथा निर्माण, खेलकुद मैदान निर्माण, बहुउदेश्यीय सामुदायिक भवनहरु निर्माण, प्राकृतिक प्रकोप नियन्त्रणका कार्यहरु प्राथमिकता दिईएको छ ।

सामाजिक सुरक्षा भत्ता जेष्ठ नागरिकको घरघरमा पुगेर वितरण गर्ने, कृषि तथा पशुपालनको क्षेत्रमा अनुदान सहयोग, विभिन्न सिप तथा तालिमहरु मार्फत स्वरोजगार बन्न पे्ररित गर्ने लगायतका कामहरु पाँच बर्षको अवधिमा संचालन भएका छन ।

अर्थुङेमा निर्माण भइरहेको वडा कार्यालयको भवन अन्तिम चरणमा पुगेको छ । भुकम्पले भत्किएका तथा अति विपन्न नागरिकका २० भन्दा वढि घरहरु निर्माण भएका छन । विभिन्न टोलहरुमा सडक सुविधा पुगेको छ भने सडक स्तरउन्नतिका कार्यहरु पनि सम्पन्न भएका छन । वडाका नागरिकको समस्यालाई आफ्नै समस्या ठान्ने बानियाँले विपतको व्यवस्थापनका लागि पनि उल्लेख्य काम गर्नुभएको छ ।

बाढि, पहिरो, आगलागि लगायतका प्राकृतिक प्रकोपहरुमा बानियाँले वडा मार्फत तथा आफ्नो व्यक्तिगत तर्फबाट पनि तत्काल राहत उपलब्ध गराई पीडितको घाउमा मलम लगाउने काम गर्नुभएको छ ।
बेनी नगरपालिकामा सफल वडा अध्यक्षको पहिचान बनाउनुभएका बानियाँले विगत ५ बर्षको अनुभवलाई उपयोग गर्दै बाँकी रहेका योजनाहरु सम्पन्न गरि नमूना वडा निर्माणका लागि फेरी पनि अध्यक्षको उम्मेदवार बनेको बताउनुभयो । शासक होइन जनताको सेवक बनी सेवा गर्ने उहाँको भनाई छ । उहाँले भोट गरि विजयी बनाउन पनि सम्पूर्ण वडाबासी मतदाताहरुलाई अनुरोध गर्नुभएको छ ।

वडा अध्यक्षका उम्मेदवार बानियाँको प्रतिवद्धता
१, सबै क्षत्रमा खानेपनी ब्यबस्थापन (रोकिएका क्रमागत योजना सम्पन्न गर्दै)
२, स्थानिय सडकसन्जाल पक्की र ब्यबस्थित बनाउन, समानुपातिक रुपमा सबै क्षत्रमा बजेट ब्यबस्थापन गर्ने ।
३, गरीब, बिपन्न र दलित परिवारको शिक्षामा सहज पहुच स्थापित गर्ने ।
४, ब्यबस्थित बिधुतीकरण (एबीसी केबल सहित बजार उन्मुख क्षत्रमा सडक बत्ती राख्ने )
५, महिला तथा युबा सशक्तीकरणको लागि नियमित अनुशिक्षण, अभिमुखिकरण तालिम सन्चालन गर्ने ।
६, नागरिक सुरक्षा सङ्गै समाजमा अमनचयन कायम गर्न बेनपा ६ मा प्रहरी चौकी स्थापित गर्ने ।
७, शहरी स्वास्थ्यकेन्द्र लाई पक्की भवन सहित आबस्यक उपकरण र दक्ष स्वास्थ्यकर्मी ब्यबस्थापन गर्ने ।
८, सेवा प्रभाहमा नागरिकलाई उच्च प्राथमिकतामा राख्दै नागरिक सहायता कक्ष स्थापना गर्ने ।
९, घरदैलोमै सामाजिक सुरक्षा अभियान चलाऊने (अपाङ्गता परिचय पत्र, भत्ता बितरण र अन्य सेवा समेत समाबेस गर्ने )
१०, मठमन्दिर, चौतारी, कुवा–पोखरी, जलाधार लगायत सम्रक्षणमा तिब्रता दिने ।
११, नागरिकको माग बमोजिम भौगोलिक अनुकुलता र प्रशासनिक सुगमताको आधारमा वडाको ब्यबस्थापन गर्ने ।
१२, सामाजिक बिभेदको बिरुद्द जागरण अभियान सन्चालन गर्ने । ( )
१३, नागरिकलाई आफ्नो हक, अधिकार र कर्तब्यको बारेमा जानकारी दिलाउन घरघरमा संबिधान बितरण कार्यक्रम गर्ने।
१४, बिपदमा नागरिक उथ्थान कार्यक्रम सन्चालन गर्ने, बिपदमा पर्ने नागरिकको सबै किसिमको क्षतीको सम्बोधन गर्ने।
१५, ब्यबस्थित सिचाई कुलो निर्माण गर्दै पहिरो तथा भुक्षय नियन्त्रण गर्ने ।
१६, स्थानिय पहिचान, धर्म, संस्कृति र नैतीक आचरण सुधारगर्दै पुराना सम्पदा, पर्यटकिय क्षत्र र पदमार्गहरुलाई पुनर्जिबित गर्ने ।
१७, गरीब पहिचान, सुरक्षित नागरिक आवास लगायतको कार्यक्रमलाई तिब्रता दिने, गत बर्षामा पूर्ण क्षति भएका सम्पूर्ण घरहरु निर्माण गर्ने ।
१८, कृषि, पशुपालन, फलफुल खेतीलाई अझै प्रबर्दन गर्दै एक गाउ एक उत्पादन कार्यक्रम लाई अझ ब्यपक बनाउने ।
१९, युबालाई कामसङ्ग, सत्कर्म सङ्ग, अबशर सङ्ग, नैतीक आचरणसङ्ग जोड्न अभिमुखिकरण तथा प्राबिधिक तालिम चलाऊने।
२०, गरीब, बिपन्न, र जेष्ठ नागरिकहरुलाई निशुल्क स्वास्थ्य बिमा सहित थप स्वास्थ्य उपचार अनुदान ब्यबस्थापन गर्ने।
२१, प्राथमिकताको आधारमा सबै ठुला योजनाहरुलाई निर्णयार्थ वडा–नगर कार्यपालिका बाट अनुमोदन गराइ प्रदेश र सँघमा पठाउने, मेरो बिगत पाँच सालको अनुभलाई अधिकतम प्रोयोग गर्दै समृद्ध बेनी नगरपालिकाको साझा अभियानमा कटिबद्द भई अबिछिन्न लाग्ने ।
२२,वडा भित्र रहेका सामुदायिक बिद्यालयहरु को स्तर उन्नति गर्ने । आबस्यक देखिएको सबै टोलमा बालबिकास केन्द्र सञ्चालन गर्ने । बागेश्वरी मा १–३ थाकनपोखरी मा ४–८ विद्यामन्दीरमा १–५ र जामुनाखर्कमा ८–१२ कक्षा सञ्चालन गर्न प्रक्रिया अगाडि बढाउने । शैक्षिक चित्रकाङ्कन गरि थाकन पोखरीमा प्राबिधिक धारको विद्यालय सञचालन गर्न पहल गर्ने ।
२३, एक घर एक धारा कार्यक्रम लाई तिब्रता दिई २०८१ सम्ममा सम्पन्न गर्ने ।
२४, बेनी नगरपालिका ६ पिपलबाोट एकपाटे, बास्बोट, लगायतका बस्तीहरुमा खानेपानीको सहजताको लागी एकिकृत मुल योजना लागु गर्ने । एकघर एकधारामा समाबेश गरिने छ ।
२५, डल्लिपिपल राउवडा जामुनाखर्क मोटरबाटोको स्तर उन्नति गरि वडा क्षेत्रमा नगरबसको ब्यबस्था गर्ने ।
२६, सबै कृषकहरूको घरमा रहेका पशुहरुको पशुबीमा गर्ने ।
२७, सामुहिक कृषि कार्य गर्ने तथा पशुपालन गर्ने सबै कृषककहरुको रु१० लाख बराबरको दुर्घटना बिमा वडाले गरिदिने ।
२८,साथै बालनालीको पनि बीमा गर्न ५० % रकम वडाले बिनियोजन गर्ने ।

 

You can share this post!

संकटको साथि, जनताको सेवक सुरत केसी

बेनी नगरपालिकामा हामीले जित्छौंः केसी

Related posts