ज्यानको बाजि थापेर सडक निमार्णकाे काममा जुटे स्थानिय युवा

म्याग्दीको रघुगंगा गाउँपालिकामा मौवाफाँट देखि दर्मिजा चिमखोला र कुइनेमंगले जोड्ने सडक आयोजनाको काम तिव्र गतिमा अगाडि बढी रहेको छ । गाउँपालिका र हाइड्राे पावरमार्फत  ठुलो र जोखिम युक्त मानिने अजिङ्गरे भिरमा स्थानिय युवाहरुले ज्यानको नै बाजि लगाएर सडक खन्ने काम सञ्चालन गरिरहेका छन् ।

भौगोलिक रुपमा विटक र दुर्गम रहेको सो क्षेत्रमा संघिय सरकार, प्रदेश सरकार, माथिल्लो रघुगंगा जलविद्युत आयोजना, मंगले राघुघाट जलविद्युत आयोजना र गाउँपालिकाले बटेज विनियोजन गरेर सडक खण्डको ट्रक्याक्ट खोल्ने काम सञ्चालन भै रहेको छ ।


रघुगंगा गाँउपालिकाको गौरवको आयोजना भित्र रहेको उक्त सडक खण्डको अजिङ्गरे भिरमा गाउँपालिका मार्फत दग्नाम चिमखोला र कुईनेमंगलेको वडा बाट विनियोजित रकम एक करोड २५ लाख र हाइड्रोपावरले ३ करोड रकम बराबरको सडक खण्डमा काम गर्ने समन्वयमा भएकोे रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनु भयो । उक्त भिरमा ट्रक्याट खोल्नका लागि दुई खण्डमा काम सञ्चालन भै बलास्टिङ्गको काम सञ्चालन भै रहेको स्थानिय युवा सुविन सेरपुञ्जाले बताउनु भयो । उहाँले स्थानिय युवाहरुले ज्यानको बाजि लगाएर उक्त क्षेत्रमा बलास्टिङ्ग गरि ट्रक्याक्ट निमार्णको काम सञ्चालन भै रहेको बताउनु भयो ।

ठुलो र अक्करे भिर भएका कारण गाउँमा सडक पुगेको थिएन । भिरका कारण सडक गाउँमा नपुग्दा गलेश्वर, भगवती, वेग, कुइनेमंगले चिम्खोला हुँदै दर्मिजामा सडक खण्ड जोडिएको छ । बिचमा भएको भिरमा मात्रै सडक खण्ड निमार्ण गर्न सके दुरि छोटो हुनुका साथै भाडा दरमा कमि आउनु र घुमाउरो बाटो घुम्नु पर्ने अवस्थाको अन्त्य हुने छ । गाउँ सडक सँञ्जाल सँग नजोडिदाँ विरामी परेका बेला पनि उद्धार कार्यका लागि कठिन हुने गरेको र अब उत्त अवस्थाको अन्त्य हुने विश्वास लिएर गाउँकै युवाहरु मिलेर सडक खण्डमा ज्यानकाे बाजि राखेर काम सञ्चालन गरीरहेको सेरपुञ्जाले बताउनु भयो ।
भिरमा करिब ३ सय मिटर जति ट्रक्याट खोल्ने काम भै सकेको छ । गत बर्षहरु मा पनि प्रदेश, संघिय र स्थानिय सरकारबाट उक्त भिरमा सडक खण्डको ट्रक्याक्ट निमार्णका लागि रकम छुटिदै आएको थियो ।

You can share this post!

ओ.जे फाउन्डेशनद्धरा बालगृहका बालबालिकालाई न्यानो कपडा वितरण

मौवाफाँटका शिब केसीद्धारा रघुगंगाका स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य सुरक्षाका सामाग्री सहयोग

Related posts