२४ घण्टामा १३५१ कोरोना संक्रमित थपिए, ७४२ डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ३ सय ५१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
आज थपिएका संक्रमितसँगै देशभर कुल संक्रमितको संख्या ७४ हजार नाघेको छ । आजसम्म ७४ हजार ७ सय ४५ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये १९ हजार ६ सय २४ सक्रिय संक्रमित रहेका छन् । संस्थागत आइसोलेसनमा ८ सय ६ सय ९५ जना छन् भने १० हजार ९ सय २९ जना होम आइसोलेसनमा रहेका छन् ।
पछिल्लो २४ घण्टाको अवधिमा ७ सय ४२ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म निको हुनेको संख्या ५४ हजार ६ सय ४० पुगेको मन्त्रालयको तथ्यांक छ । संक्रमण मुक्त हुने दर ७३.१ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा १० हजार ८० जनाको पीसीआर परीक्षण गरिएको र अहिलेसम्म ९ लाख ९८ हजार ४ सय ७ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयको तथ्यांक रहेको छ । देशभर ६ हजार ३ सय १० जना क्वारेन्टाइनमा छन् ।

You can share this post!

म्याग्दीका विश्वकर्मा सुनचाँदी ब्यवसायी महासंघ गण्डकी प्रदेशको उपसभापतिमा भारी मतले बिजयी

काँग्रेसका वडा सभापती सहित ८५ जना नेकपामा प्रवेश

Related posts