म्याग्दीका विश्वकर्मा सुनचाँदी ब्यवसायी महासंघ गण्डकी प्रदेशको उपसभापतिमा भारी मतले बिजयी

सुनचाँदी व्यवसायी महासंघ गण्डकी प्रदेशको असोज १२ गते भएकोे अधिवेशनमा म्याग्दीका सफल ब्यवसायी जिवनकुमार विश्वकमा उपसभापति पदमा भारी मतले विजयी हुनु भएको छ । पोखराका चन्द्रकिशोर गौतम अध्यक्ष र विश्वकर्माले प्यानलनै बनाएर उमेद्धवारी दिनु भएको थियो । उहाँहरुको प्यानल नै भारीमतका साथ विजयी भएको निर्वाचन मण्डलले जानकारी दिएको छ । अध्यक्षमा गौतम ४० मत ल्याएर विजयी हुनु भएको हो । उहाँको प्रतिद्धोन्दी बुद्धीबहादुर गहतराजले २५ मत प्राप्त गरी प्रराजय हुनु भएको हो । त्यसरी उपसभापतिमा विश्वकर्मा र कृष्णबहादुर विश्कर्मा विजयी हुनभएको छ । उहाँहरुको प्रतिद्धोन्दी बाबुराम विश्वकर्माले २८ र पुर्ण विश्वकर्माले १६ मत प्राप्त गर्नु भएको छ । त्यसैगरी सचिवमा रविन विश्वकर्मा ३९ भोट ल्याएर विजयी हुनुभएको छ । उहाँको प्रतिद्धोन्दी मन बहादुर लामगादे ले २३ भोट प्राप्त गर्नु भएको हो । सह–सचिवमा पर्वत विक ४० मतले विजयी हुनु भएको छ उहाँको प्रतिद्धोन्दी ख्याम बहादुर विक ले २१ मत प्राप्त गर्नु भएको छ । त्यसैगरी कोषाध्यक्षमा नेत्र बहादुर बिक निर्वार्चित हुन भएको छ । उहाँको प्रतिद्धोन्दी आदराज भण्डारीले २१ मत प्राप्त गर्नुभएको हो । अन्तीम समय सम्म पनि सहमति हुन नसके पछि चुनाव भएको थियो । विश्वकर्माको वेनी बजारको न्युरोडमा सुनचाँदी दुकान रहेको छ ।
यस भन्दा अगाडि नेपाल सुनचाँदि व्यवसायी संघ म्याग्दीका अध्यक्ष भैसक्नुभएका विश्वकर्मा म्याग्दी उघोग वाणिज्य संघ म्याग्दीका निर्वतमान अध्यक्ष समेत हुनुहुन्छ । सामाजिक कार्यमा सकृय विश्वकर्मा हाल जिल्ला आयुवेद स्वाथ्य केन्द्र म्याग्दीको अध्यक्ष समेत हुनुहुन्छ । उहाँले सुनचाँदि व्यवसायि हरुको समस्या समाधान गर्न, सुनचाँदीमा शुद्धता ल्याउन, अब्यवस्थित सुन पसलहरुको ब्यवस्थापन गर्ने आफ्नो जिम्मेवारी रहेको बताउनु भयो ।

You can share this post!

अवरुद्ध बेनी बागलुङ र बेनी दरवाङ सडक सञ्चालनमा

२४ घण्टामा १३५१ कोरोना संक्रमित थपिए, ७४२ डिस्चार्ज

Related posts