नेकपा र काँग्रेसको पार्टी प्रवेश गराउने होडबाजिले जिल्ला भित्र कोरोनाको जोखिम बढ्यो

जिल्लामा पछिल्लो समय राजनितक दल नेकपा र नेपाली काँग्रेस विच एक पक्षका कार्यकर्ताहरु अर्को पक्षमा प्रवेश गराउने होडबाजीका कारण म्याग्दीमा कोरोना संक्रमणको जोखिम बढेको छ । नेकपा र काँग्रेसका नेताहरु कार्यक्रम नै बनाएर गाउँगाउँमा गएका छन् । यसले गर्दा जिल्ला कोरोना संक्रमणको उच्च जोखिममा परेको छ । सरकारले समाजिक दुरी कायम राख्न, भेला सम्मेलन गर्न निषेध गरेपनि सरकार पक्षको पार्टी नेकपा र प्रमुख प्रतिपक्ष दल काँग्रेस चुनावी अभियान जसरी गाउँगाउँमा कार्यकर्ता तानातान खोसाखोस गरिरहेका छन् । यसले गर्दा जिल्लामा कोरोना संक्रमणको उच्च जोखिम भएको डिसीसीएमसी म्याग्दीले जनाएको छ ।
पटक पटक राजनैतिक दलहरुलाई भेला, गोष्ठी, सम्मेलन नगर्न अनुरोध गरेपनि दुवै दलबाट त्यसको कार्यान्वयन नभएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताउनु भयो ।
दुवै राजनैतीकदल जिल्लाको जिम्मेवार पक्ष हुन्, काठमाडौं बाट रातारात आएर भोलिपल्ट गाउँगाउँमा पार्टीको बैठकको नाममा आमभेला गरी सयौंको सङ्ख्यामा पार्टी प्रवेश गर्ने अभियान सञ्चालन गर्नु, राजनीतक दलको गैह्रजिम्मेवारी पन भएको नागरीक अगुवा सुर्दशनकुमार श्रेष्ठले बताउनुभयो । स्थानिय स्तरमा शिक्षण संस्थाहरु बन्द अवस्थामा रहेका छन्, कसरी सञ्चालनमा ल्याउने, जनतामा माहामारी तथा बाढी पहिरोको कारण आयका समस्याहरुलाई कसरी न्युनिकरण गर्ने भन्ने बिषयमा ध्यान दिन समेत छाडेर स्थानिय निकायमा रहेका जनप्रतिनिधि पनि पार्टीको कार्यक्रममा सामिल हुन हिड्नु गैह्रजिम्मेवारी पन भएको श्रेष्ठले बताउनु भयो । नेता भए पछि नियम, कानुन, केही पनि लाग्दो रहेनछ, बाहीरी जिल्लाबाट आएपनि पिसीआर रिपोर्ट नभए पनि हुने तर सर्वसाधरण जनतालाई मात्रै पिसीआर रिपोर्ट चाहिने क्वारेन्टाइन बस्नु पर्ने भन्दै सर्वधारणहरुले पछिल्लो समय सामाजिक सन्जालमा दुखेसो पोख्ने गरेका छन् ।
यसरी जिम्मेवार पक्ष नै हुलका हुल बाँधेर हिड्ने हो भने कोरोना नियन्त्रणमा लिन कर्मचारी, प्रसाशन र सुरक्षाकर्मीहरुले मात्रै नसक्ने प्रजिअ अधिकारीले बताउनु भयो । सामाजिक दुरी कायम गरेर बैठक सञ्चालन त केन्द्रीय स्तरमा पनि भएको छ हामीले बैठक सञ्चालन समाजिक दुरी कायम राखेर गर्न रोकेका पनि छैन तर जिम्मेवारी पक्ष बाट नै सामाजिक दुरी कायम समेत नगरी हुलका हुल चुनावी अभियानमा जसरी हिडिदिनाले कोरोना जोखिम बढेको अधिकारीको भनाइ छ । म्याग्दी जिल्लामा अहिले सम्म समुदाय स्तरमा कोरोना संक्रमण छैन तर जिम्मेवार पक्षले नै गैह्र जिम्मेवारी पन देखाउँदा भने कोरोना संक्रमण समुदाय स्तरमा नपुग्ला भन्न पनि सकिदैन ।

You can share this post!

एक म्याग्देलीको काठमाण्डौमा कोरोना संक्रमणबाट निधन

तिर्खाले प्याक प्याक कैदी मानव अधिकार आयोग सँग नै हारगुहार

Related posts