ओ.जे फाउन्डेशनद्धरा बालगृहका बालबालिकालाई न्यानो कपडा वितरण

बेनीको बालगृहमा रहेका बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको छ । बालसंगठन अन्तर्गत रहेको बालगृहमा बसोबास गर्ने १३ बालबालिकाहरुलाई ओ.जे फाउन्डेशन काठमाण्डौंले एक एक थान ज्याकेट वितरण गरेको हो । म्याग्दी प्रवासी नेपाली संघ अन्तर्राष्ट्रिय कार्यकारी समितिका अध्यक्ष समेत रहनुभएका ओमनारायण जुग्जालीले बुधबार बालबालिकालाई न्यानो कपडा वितरण गर्नुभएको हो । बालसंगठनका सभापति राजेश शाक्य र मोनाका महासचिव विक्रम कार्की सहितको उपस्थितिमा न्यानो कपडा वितरण गरिएको थियो ।

You can share this post!

माननीय ज्यू ठेक्का लिएर मात्रै हुन्छ ! काम खै ?

ज्यानको बाजि थापेर सडक निमार्णकाे काममा जुटे स्थानिय युवा

Related posts