विराटनगरमा आफ्नै शरीरमा आगो लगाएकी महिलाको मृत्यु

विराटनगर । विराटनगर महानगरपालिका–१० तीनटोलियामा आफ्नै शरीरमा आगो लगाएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । कुपी (टुकी)बाट मट्टितेल खन्याएर शरीरमा आगो लगाएकी ४० वर्षीया आशा शर्मा (कोइरी)को मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।

उनका अनुसार पति राजकुमार कोइरीसँग भएको सामान्य विवादपछि गत बुधबार राति ९ बजेतिर आशाले मट्टितेल खन्याएर शरीरमा आफैँले आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

आगोले शरीरका अधिकांश भाग जलेकी उनलाई उपचारका लागि विराटनगरको कोसी अस्पताल ल्याइएको थियो । उपचारका क्रममा भोलिपल्ट अर्थात बिहीबार साँझ ७स्३० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

राजकुमार र आशाबीचको पारिवारिक विवादका बारेमा प्रहरीले खुलाएको छ । आशाको मृत्यु भएपछि पति राजकुमारलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । शव पोस्टमार्टमका लागि कोसी अस्पतालमै राखिएको छ । annapurnapost

You can share this post!

धवलागिरीमा मेलमिलाप सम्बन्धी तालिम सम्पन्न

दुई वटा जहाज थप्दै नेपाल वायु सेवा निगम

Related posts