गाई मारेको अभियोग लागेका दुई फरार प्रतिवादी पक्राउ

म्याग्दी । गाई मारेको कसूर मुद्दामा म्याग्दी जिल्ला अदालतबाट १÷१ बर्ष कैद सजाय ठहरिएका फरार दुई जना प्रतिवादीहरुलाई पक्राउ गरिएको छ ।

म्याग्दीको मालिका गाउँपालिका– १ निस्कोटको छिस भन्ने स्थानमा बस्ने बर्ष ४० का दिल बहादुर दमाई र सोही स्थानमा बस्ने बर्ष ४८ का तेज बहादुर पुनलाई सोमबार ईलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको हो ।

पक्राउ परेका दुबै जनालाई जिल्ला अदालत म्याग्दीमा उपस्थित गराई अदालतको आदेशले कैद भुक्तानको लागि जिल्ला कारागार म्याग्दी चलान भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

You can share this post!

सरकारले विश्व बैंकबाट ३३ अर्ब रुपैयाँ ऋण सहायता लिने

धवलागिरीमा नवनिर्वाचित जनप्रतिनिधीको पदभार ग्रहणः स्वास्थ्य र सडकलाई प्राथमिकता

Related posts