जनस्वाथ्यका मापडण्ड पालना गरौं, कोभिड–१९ रोगबाट बचौं भन्ने नाराका साथ नेकपा निकट विद्यार्थिहरुको भातृ संगठन अनेरास्ववियू म्याग्दीद्धारा बेनी बजारमा कोभिड १९ विरुद्ध जनचेतनामुलक कार्यक्रम सञ्चालन भएको छ ।
जिल्लामा पछिल्लो समय कोभिड–१९ ले माहामारीको रुप लिन थालेपछि जनचेतनामुलक कार्यक्रम सञ्चालन गरीएको बेनी नगरपालिका म्याग्दीका नगर संयोजक तथा अनेरास्ववियू म्याग्दीका सचिवालय सदस्य धनबहादुर रोका मगरले बताउनु भयो ।
यस भन्दा अगाडि भएको लकडाउनको बेलामा पनि अनेरास्ववियू म्याग्दी मार्फत म्याग्दी बहुमुखि क्याम्पस लगाएत बजार क्षेत्रमा माक्स सेनिटाइजर र पम्पेल बनाएर जनचेताना मुलका कार्यक्रमहरु सञ्चालन गरीएको थियो र अहिले पनि कोरोना म्याग्दीमा समुदाय स्तरमा नै फैलिएका कारण जनचेतनामुलका कार्यक्रम सञ्चालन गरीएको रोकाले बताउनु भयो ।
अनेरास्ववियू म्याग्दीका सह–संयोजक रेशम केसीको नेतृत्वमा सम्पन्न उक्त कार्याक्रममा अनेरास्ववियू म्याग्दीका सदस्यहरुको सहभागीता रहेको थियो । बेनी बजारमा माक्स तथा सेनीटाइटर वितरण गरेर सन्देश मुलक खालको सचेतनामुल कार्यक्रम गरीएको हो । जिल्ला प्रशाशन कार्यालय म्याग्दी अगाडि बाट शुरु भएको उक्त सचेतना मुलक कार्यक्रम बेनी बजारको कालिपुल क्षेत्र सम्म पुगेर सम्पन्न गरीएको थियो ।