प्रवासी नेपाली एकता मञ्च जापान राष्ट्रिय कमिटिको पाँचौ बैठक सम्पन्न

नेपालबाट जापानमा रोजगारी लगाएत विभिन्न शिलशिलामा गएका नेपालीहरूकाे नेकपा एमाले निकट पार्टीको भातृ संगठन प्रवासी नेपाली मञ्च जापानको पाँचौं बैठक सम्पन्न भएको छ । मञ्चका अध्यक्ष सुरेश केसीको अध्यक्षतामा सम्पन्न भएको बैठकले केसी अध्यक्ष र सचिवमा डा.सरोज कंडेल सहित कुलचन्द्र खरेल, मोहन रायमाझी, स्वतन्त्र पौडेल, मिलन घिमिरे, प्रकाश ढकाल, अजुन अधिकारी, दीप पाठक, नारायण पौडैल, बुद्धिराज घिमिरे, दीपक घिमिरे, मुक्तिराम खरेल, हरी पौडेल, कृष्टिना भण्डारी, कमल बाँनिया, प्रलार्द सिंह महत रहेको १७ सदस्यीय सचिवालय कमिटी बिस्तार गरेको छ।
मञ्चको आवहानमा संकलन गरीएको कोभिड च्यालेन्ज फण्डमा जम्मा भएको १० लाख ५५ हजार रुपैयाँ अन्तराष्ट्रिय कमिटीलाइ बैठक बाट नै हस्तान्तरण गर्ने निर्णय गरेको मञ्चका नवगठित सचिवालय सदस्य कमल बाँनियाले बताउनु भयो । मञ्चका अध्यक्ष केसी अध्यक्षता डा. कंडेलको सञ्चालनमा सम्पन्न भएको बैठकमा उपस्थित सदस्यहरुले आ–आफ्नो राय प्रस्तुत गरेका थिए । मञ्च मार्फत जापानमा भएका नेपालीहरु कोभिड लगाएत अन्यकारणले अप्ठ्यारो अवस्थामा परेको भएकोमा मञ्चलाइ खबर गर्न समेत आवहान गरेको छ ।

You can share this post!

खिबाङ्गको खाम्ला भिरबाट लढेका मजदुरको हेलिकप्टर मार्फत उद्धार

भकिम्लीकाे बेलढुङ्गा बाट जे देखियाे

Related posts