वेष्ट पोइन्ट आवासीय मावि शिक्षक अभिभावक संघको अध्यक्षमा विष्णु रोका

म्याग्दी । म्याग्दीको बेनीस्थित न्यु वेष्ट पोइन्ट आवासीय माध्यामिक विद्यालयमा शिक्षक–अभिभावक संघको अध्यक्षमा विष्णु रोका चयन हुनुभएको छ ।

आइतबार विद्यालयमा आयोजित अभिभावकको भेलाले रोकाको अध्यक्षतामा १५ सदस्यीय नयाँ समिति चयन गरेको हो । समितिको सदस्यहरुमा हिरा बहादुर बरुवाल, बिपिन श्रेष्ठ, दुर्गालाल कंडेल, बिक्रम सुबेदी, देवी जिसी, लक्ष्मण केसी (कटुवाल) खरु पुर्जा, रोजिना क्षेत्री राइ, सारिका थापा मगर, कमल शर्मा, लाल बहादुर कार्की, मधु पुर्जा, सुनिता केसी र दुर्गा भण्डारी रहनुभएको छ ।

त्यसैगरी शिक्षक अभिभाबक संघको सल्लाहकारमा दिलकुमार श्रेष्ठ (संयोजक), गणनाथ पौडेल, तारा प्रशाद श्रेष्ठ, खुमा सापकोटा, अरबिन श्रेष्ठ, गौरी सापकोटा, नारायण बराल, बिणा छन्त्याल, कमला कुमारी थापा, विष्णु कार्की र सिता कुँवरलाई चयन गरिएको छ ।

विद्यालयमा मंटेसरी देखि १२ कक्षा सम्म अध्ययन गर्ने १७ सय भन्दा बढी अभिभावकहरुबाट इच्छुक अभिभावकहरुको दुइ चरणको भेला पछी आइतबार आयोजित भेलाले नया कार्यसमिति चयन गर्न सफल भएको निबर्तमान अध्यक्ष दिलकुमार श्रेष्ठले बताउनुभयो ।

शिक्षक अभिभाबक संघ पर्नगठनको सहजीकरण वेष्ट पोइन्ट एजुकेशन प्रा.ली. म्याग्दीका संस्थापक निर्देशक सुदर्शन कुमार श्रेष्ठले गर्नु भएको थियो । कार्यक्रममा संस्थापक निर्देशकहरु रबिन्द्रराज जोशी, शिबकुमार श्रेष्ठ, कृष्ण प्रसाद श्रेष्ठ उपस्थित हुनुहुन्थ्यो ।

नव गठित समितिलाई संस्थापक निर्देशकहरु, निबर्तमान अध्यक्ष, विद्यालयका प्रिन्सिपल डीबी दाहालले बधाई ज्ञापन तथा शुभकामना प्रदान गर्नु भएको थियो । वेष्ट पोइन्ट अडीटोरियममा सम्पन्न कार्यक्रमको संचालन भाइस प्रिन्सिपल कृष्ण जिसीले गर्नु भएको वेष्ट पोइन्ट मिडिया हबले जनाएको छ ।

You can share this post!

भकिम्लीमा राप्रपाको चुनावी आमसभा

काफलबोटका रियान्स राईको जन्मदिनमा विद्यार्थीलाई कापी कलम वितरण

Related posts