मुस्ताङका सबै स्थानीय तहमा काँग्रेसको सर्वसम्मत नेतृत्व चयन

म्याग्दी, नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मुस्ताङमा सहमतिबाटै नेतृत्व चयन भएको छ ।

घरपझोङ, लोमान्थाङ, लोघेकर दामोदरकुण्ड, थासाङ र वारागुङ–मुक्तिक्षेत्र गरी ५ गाउँपालिका रहेको मुस्ताङका सबै स्थानीय तहमा सभापतिसहित अन्य पदाधिकारी सर्वसम्मत रुपमा नै चयन भएको नेपाली कांग्रेस मुस्ताङले जनाएको छ ।

घरपझोङ गाउँपालिकाको सभापतिमा हाल वडा नं.४ का वडाध्यक्षसमेत रहेका यामप्रसाद थकाली, लोमान्थाङ गाउँपालिकाको सभापतिमा छेवाङ झिम्मी बिष्ट, लोघेकर दामोदरकुण्ड गाउँपालिकाको सभापतिमा टसी लेन्डुप गुरुङ, वारागुङ–मुक्तिक्षेत्र गाउँपालिकाको सभापतिमा आङजिङ गुरुङ र थासाङ गाउँपालिकाको सभापतिमा रुपेश गौचन चयन हुनुभएको छ ।

 

You can share this post!

नेपाली काँग्रेस जलजलाको सभापतिमा पौडेल, सचीवमा जिसी बिजयी

विराटनगर उडेको जहाज २ घण्टा फन्को मारेर त्रिभुवन विमानस्थलमै अवतरण

Related posts