राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय लाजिम्पाट समितिको अध्यक्षमा लोकप्रीय गायक बसन्त विश्वकर्मा निर्वाचित हुनुभएको छ । सोमवार सम्पन्न चौँथो साधारणसभा तथा दोस्रो अधिवेशनबाट विश्वकर्मा सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
कार्य समितिको प्रथम उपाध्यक्षमा पृतम पोखरेल, दित्तिय उपाध्यक्षमा सुमन थापा मगर महिला उपाध्यक्षमा सपना रोका सचिवमा सबिन आचार्य, कोषाध्यक्षमा टेजराज भण्डारी, सहसचिवमा बसन्तराज विक र सह–कोषाध्यक्षमा श्याम बुर्लाकोटी निर्वाचित हुनुभएको छ ।
सदस्यहरु यज्ञ बिक, सुनिल परियार, मिना बुढाथोकी, गरिमा राम्जाली, सलिना नेपालि, दिपिका बयम्बु मगर, जीवन सिग्देल, चिज गुरुङ्ग, कृष्ण ब.बिस्वकर्मा, आरती खड्का, प्रमिला तामाङ्ग, रेनुका भट्टराई, पुनम सुनार, सुनिल बि.सि, अनिल सुनार, प्रकाश जि.सि चयन हुनुभएको निवर्तमान अध्यक्ष प्रकाश पराजुलीले जानकारी दिनुभयो ।
अधिवेशनमा प्रतिष्ठान केन्द्रीय कार्य समितिका बरिष्ठ उपाध्यक्ष रिता थापा मगर, नेपालका पुर्ब अध्यक्ष तथा उपत्यका समन्वय समितिका परिकल्पनाकार प्राज्ञ दुर्गा रायमाझी, पुर्व अध्यक्ष चन्द्र शर्मा, केन्द्रिय उपाध्यक्ष दिपक खड्का, महिला उपाध्यक्ष राधिका हमाल, महासचिव सुवास केसी, प्रशासनिक सचिव कृष्ण रेउले, कोषाध्यक्ष राजु ढकाल, केन्द्रीय सदस्य पि.एन सापकोटा, उपत्यका समन्वय समितिका अध्यक्ष सुजन लम्साल लगायतको विशेष उपस्थिति रहेको थियो ।
अध्यक्ष विश्वकर्माले संस्थालाई क्रियाशिल, मजबुत र कलाकारहरुको दुख सुखमा साथ दिने गरि अगाडी बढाउने प्रतिवद्धता जनाउनुभएको छ । तनहुँमा जन्मिनुभएका गायक विश्वकर्माका रेलिमै, भागुम मायालु, भन म के गरु, कुखुराको भाले लगायतका गीतहरु चर्चामा छन । प्रत्यक्ष दोहोरी तर्फपनि बसन्त दर्शक श्रोतामाझा निकै नै लोकप्रीय हुनुहुन्छ ।
प्रतिष्ठानले कार्तिक मसान्त भित्र जिल्ला अधिवेशन, पौष मसान्त भित्र प्रदेश अधिवेशन र फागुन मसान्त भित्र केन्द्रको अधिवेशन सम्पन्न गर्ने योजना बनाएको छ ।