बिश्वामित्र सहकारीको अध्यक्षमा पुनः बानीयाँ चयन

म्याग्दी, ३ असोज । बेनी नगरपालीका ८ न्युरोडबाट सेवा प्रवाह गरिरहेको बिश्वामित्र बचत तथा क्रृण सहकारी संस्था लि.को अध्यक्षमा याम बहादुर बानीयाँ सर्वसम्मत रुपमा चयन हुनुभएको छ ।

शनिबार बेनपा ६ डम्मरा सम्पन्न दशौँ वार्षिक साधारण सभा तथा चौँथो अधिवेशनबाट बानीयाँ दोस्रो कार्यकालका लागि पुनः अध्यक्षमा चयन हुनुभएको हो । संचालक समितिको उपाध्यक्षमा भोज बहादुर रिजाल, सचिवमा भिम बहादुर खत्री, र कोषाध्यक्षमा गीता बोगटी चयन हुनुभएको उपाध्यक्ष रिजालले जानकारी दिनुभयो ।

समितिको सदस्यहरुमा सुन्दर केसी, खेम बहादुर केसी, लक्ष्मण केसी, अर्जुन पौडेल, हिरा बहादुर कुँवर, कृष्ण बहादुर बोगटी, प्रेम बहादुर थापा, मुक्ति खड्का, र प्रेम बहादुर जि.सी. रहनुभएको उपाध्यक्ष रिजालले बताउनुभयो । त्यसैगरि लेखा समिति संयोजकमा कमला थापा बानीयाँ, सदस्यहरुमा कल्पना खत्री र राम बहादुर खत्री चयन हुनुभएको छ ।

त्यस्तै कृष्ण बहादुर बानीयाँ संयोजक रहेको रिण उप–समितिमा चन्द्र बहादुर बानीयाँ र जय बहादुर अधिकारी सदस्य रहनु भएको छ । शिक्षा उप–समिति संयोजकमा देबी जि.सी., सदस्य लाल बहादुर कार्की र खरिद उप–समिति संयोजकमा ईश्वर पौडेल चयन हुनुभएको छ ।

अध्यक्ष बानीयाँले संस्थाको गरिमा बढाउनका लागि बिभिन्न रणनिती तथा योजनाहरु बनाएर काम गर्ने बताउनुभयो । उहाँले हाल ४५० जना शेयर सदस्य रहेकोमा चालु आबमा ३० प्रतिशत भन्दा बढि बृद्धि गराउने लक्ष्य लिएको पनि बताउनुभयो । आधुनिक बैंकिङ सेवाको अबधारणा व्यापक हुँदै गएकाले सहकारीमा पनि मोबाइल बैंकिङ सेवा सुचारु गर्ने योजना अगाडि सारिने अध्यक्ष बानीयाँको भनाई छ ।

साधारण सभाले निबर्तमान कार्य समितिले प्रस्ताव गरको रिण ब्यबस्थापन कार्यबिधि, सम्पति सृद्धिकरण कार्यबिधि, मानबीय सहायता कोष तथा शेयर सदस्य कल्याणकारी कोष सम्बन्धी कार्यबिधि लगाएतमा छलफल गरि अनुमोदन गरेको छ ।

You can share this post!

अनेरास्वबियू गण्डकी प्रदेश संयोजकमा म्याग्दीका प्रकाश पौडेल

मोना जापानको सातौँ अधिबेशन सम्पन्नः अध्यक्षमा सचिन श्रेष्ठ

Related posts