क्याम्पसमा नयाँ विद्यार्थीलाई अभिमुखीकरण

म्याग्दी बहुमुखी क्याम्पसमा स्नातक तह बिबिएस, बिएड, बिए प्रथम वर्षमा भर्ना भएका विद्यार्थीहरुलाई अभिमुखीकरण गरिएको छ ।

सोमबार क्याम्पसमा एक कार्यक्रमको आयोजना गरि क्याम्पसमा उपलब्ध संकायहरु र सो अन्तर्गत अध्यापन हुने विविध विषयहरु, क्याम्पसवाट प्रदान गरिने विभिन्न सेवा सुविधाहरु, विद्यार्थीहरुले पालना गर्नुपर्ने आचार संहिताहरु तथा भविष्यमा स्नातक तह उत्तीर्ण गरेपछि विद्यार्थीहरुले प्राप्त गर्न सक्ने ज्ञान, सीप तथा रोजगारीका अवसरका विषयमा जानकारी गराइएको हो ।

अभिमुखीकरण कार्यक्रममा क्याम्पस प्रशासन तथा विभागीय प्रमुखहरुबाट नयाँ बिद्यार्थीहरुलाई सहजीकरण गरिएको थियो ।
उक्त अवसरमा बोल्दै क्याम्पस सञ्चालक समितिका अध्यक्ष सोमनाथ ढुङ्गानाले म्याग्दी क्याम्पसलाई देशकै नमूना सामुदायिक क्याम्पस बनाउन प्रयासरत रहेको बताउनुभयो ।

उहाँले म्याग्दी बहुमुखी क्याम्पस जिल्लाकै अग्रणी शैक्षिक संस्था भएकाले यसको बिकासमा सवैपक्षको साथ र सहयोग हुनुपर्ने बिचार ब्यक्त गर्नुभयो ।

सहायक क्याम्पस प्रमुख श्रीधर सुवेदीले भौतिकरुपमा पनि क्याम्पस सुविधा सम्पन्न भईसकेकाले गुणस्तरीय शिक्षाका लागि एकमात्र क्याम्पस म्याग्दी बहुमुखी क्याम्पस भएको दावि गर्नुभयो । उहाँले क्याम्पसमा होस्टेलको समेत व्यवस्था भएकाले गरिव तथा जेहेन्दार बिद्यार्थीलाई यसले सहयोग पुग्ने विश्वास गर्नुभयो ।

कार्यक्रममा व्यवस्थापन, मानविकी तथा शिक्षा विभागका विभागीय प्रमुखहरुले आआफ्नो विभागको अवस्था र सम्भावनाका बारेमा बोल्नुभएको थियो ।

अतिरिक्त क्रियाकलाप संयोजक उपप्राध्यापक नारायण पौडेलद्वारा सञ्चालित उक्त कार्यक्रमा करिव २०० विद्यार्थीहरुको उपस्थिति रहेको थियो । क्याम्पस प्रमुख गोरख बहादुर जिसिको अध्यक्षतामा विद्यार्थी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

 

You can share this post!

मंगलामा एमालेको पालिका स्तरीय प्रशिक्षण

धवलागिरी र अन्नपूर्णमा घर–घर जाऔँ कांग्रेस जिताऔँ अभियान सुरु

Related posts