दोहोरी गीतमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दी विजयी

म्याग्दी । बेनीमा संचालित सातौँ म्याग्दी महोत्सव एवम् माघे संक्रान्ति मेला २०७९ मा आयोजित खुला लोक दोहोरी गित प्रतियोगितामा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान म्याग्दी विजयी बनेको छ । शनिवार भएको फाइनलमा म्याग्दी सामुदायिक पुस्तकालयको टिमलाई पछि पार्दै प्रतिष्ठान म्याग्दीको तर्फबाट सहभागी कलाकारहरु  सरोज सिंखडा र तारा थापाको समुह प्रथम भएको हो ।

म्याग्दी सामुदायिक पुस्तकालय उपबिजेता हुँदा श्रीकृष्ण हार्डवयरको तर्फबाट सहभागी कलाकारहरु तेस्रो र बानियाँ गहना पसलको तर्फबाट सहभागी कलाकारहरु सान्त्वना हुन सफल भएका छन् ।

लोकदोहोरी प्रतियोगितामा प्रथम र द्वितीय, तृतिय र सान्त्वना हुनेलाई क्रमश नगद रु एक लाख ११ हजार १११ , रु ५५ हजार ५५५, रु ३० हजार र रु १५ हजारको साथमा प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ ।

पुरस्कृत कलाकारहरुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी, गण्डकी प्रदेशसभा सदस्य हरि भण्डारी, म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल, बरिष्ठ उपाध्यक्ष एवम् साँस्कृतिक संयोजक सुविन श्रेष्ठ लगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।

You can share this post!

बेनीमा सातौँ म्याग्दी महोत्सव तथा माघे संक्रान्ति मेला सुरु (तस्विर सहित)

रघुगंगामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

Related posts