म्याग्दी । म्याग्दीको बेनी नगरपालिका वडा नम्वर ६ मा रहेको अर्थुङ्गे युनाईटेड क्लवले शनिवार सडक सरसफाई गरेको छ । अर्थुङ्गे व्यारेकको तलपट्टि आँपबोट निरको सडकमा झरेको सल्लेबिर पन्छ्याउन क्लवले श्रमदान गरेको हो ।
बेनी देखि अर्थुङ्गे हुँदै आवतजावत गर्ने सवारीसाधनहरुलाई सल्लाका पातका कारण चिप्लिएर हुन सक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै सडक सरसफाई गरिएको क्लवका अध्यक्ष विवेक बानियाँले बताउनुभयो ।
सडकमा झरेको सल्लेबिरका कारण विशेषगरि मोटरसाईकल यात्रीहरुलाई असहज भएको थियो । क्लवका पदाधिकारी तथा सदस्यहरुले करिव दुईघण्टाको समय लगाएर सडकमा जथाभावि खसेका सल्लेबिर पन्छाएका थिए ।
सामाजिक उत्तरदायित्व अन्तर्गत क्लवले उक्त सडक सरसफाई गरेको अध्यक्ष बानियाँले बताउनुभयो । हामी यस्ता गतिविधिहरुलाई निरन्तरता दिन्छौँ, अध्यक्ष बानियाँले भन्नुभयो । क्लवले खेलकुद, कला संस्कृतिको संरक्षण संगै विभिन्न सामाजिक सेवाका कार्यहरु समेत गर्दै आएको छ ।