म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका १ दोवाको वडा अध्यक्षमा नेकपा एमालेका दिलिप कुमार गर्बुजा बिजयी हुनुभएको छ ।
शनिबार पोखरेवगरमा भएको मतगणनाको मतपरिणाम अनुसार दोवामा गर्बुजा सहित एमालेको प्यानलनै बिजयी भएको हो । गर्वुजाले ३३२ मत प्राप्त गर्नुभएको हो भने उहाँका निकटतम प्रतिद्वण्डी नेपाली काँग्रेसका भविन्द्र गर्बुजाले २२८ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत जानुका सुवेदीले जानकारी दिनुभयो ।
वडा अध्यक्षमा मंगोलका उम्मेदवारले ६ मत प्राप्त गरेका छन । त्यस्तै वडा महिला सदस्यमा जुनकुमारी पूर्जा ३३४, दलित महिला सदस्यमा शोभा विक ३१४, खुल्ला सदस्यमा गोविन चोचाङ्गी ३३० र विर्ख बहादुर पूर्जा ३३३ मतका साथ बिजयी हुनुभएको अधिकृत सुवेदीले बताउनुभयो ।
दोवामा २०७४ सालको निर्वाचनमा पनि अध्यक्षमा गर्बुजा सहित एमालेको प्यानलनै विजयी भएको थियो । दोवाका मत गन्ने बेला सम्म पालिका अध्यक्षमा एमालेले ३४१, काँग्रेसले २२१ र मंगोलले ८ मत प्राप्त गरेको छ । त्यस्तै उपाध्यक्षमा एमालेले ३४०, काँग्रेसले २२५ र मंगोलले ६ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।