बेनीमा सातौँ म्याग्दी महोत्सव तथा माघे संक्रान्ति मेला सुरु (तस्विर सहित)

म्याग्दी । उद्योग, व्यापार कलाको विकास गरौँ, संकृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौँ भन्ने मुल नाराका साथ बेनीमा सातौँ म्याग्दी महोत्सव, माघे संक्रान्ति मेला सुरु भएको छ ।

म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा पौष २८ देखि माघ ७ गते सम्म संचालन हुने म्याग्दी महोत्सव तथा प्रदेश स्तरीय कृषि, पर्यटन औद्योगिक व्यापार मेलाको विहिबार राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले उद्घाटन गर्नुभएको हो ।

महोत्सवको उद्घाटन पूर्व जिल्लाका विभिन्न जातजाती जनजाति तथा संघसंस्थाहरुको संस्कृति तथा पहिचान झल्किने झाँकी प्रस्तुत गरिएको थियो ।

महोत्सवको सुरुको दिनमा जातजातिहरुको झाँकीले बेनी बजार परिक्रमा गरिएको थियो । महोत्सवको अवसरमा पाहुनाहरुको स्वागतका लागि बेनी बजार बेहुली जस्तै सिँगारिएको छ ।

You can share this post!

सातौँ म्याग्दी महोत्सवको उद्घाटन राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाबाट हुने

दोहोरी गीतमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दी विजयी

Related posts