मराङ्ग र विमाका बाढि पिडितलाई सरकारद्धारा ३५ लाख राहत वितरण

गत असार २५ गते राती अविरल बर्षा सँगै गएको बाढी पहिरोका कारण पश्चिम म्याग्दीको विभिन्न स्थानमा ज्यान गुमाएका परिवारलाई सरकार द्धारा राहत वितरण गरिएको छ । नेपाल सरकारले जिल्ला विपत व्यवस्थापन समिती म्याग्दीको खातामा जिल्लाका विभिन्न स्थानका गएको बाढी पहिरोबाट क्षेतिपुगेकाहरुलाई ६० लाख रुपैयाँ राहत रकम उपलब्ध गराएकोमा धौवलागिरी गाउँपालिका–६ मराङ्ग र मालिका गाउँपालिका ७ विमका आफन्तलाई राहत रकम वितरण गरिएको हो ।


बाढी पहिरोमा परि ज्यान गुमाउने ३१ जना मध्ये २३ जना मृतकका आफन्तलाई सरकारबाट प्राप्त राहत रकम  रू.३५ लाख सोमबार मालिका गाउँपालिकाको केन्द्र दरवाङ पुगि हस्तान्तरण गरिएको र बाँकी ८ मृतक मध्ये ४ जनाको कुनै हकवाला नभएको र ४ जनाको हकवाला विदेशमा रहेकाले राहत हस्तान्तरण हुन नसकेको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताउनु भयो ।
एक परिवारका १ जना सदस्यको मृत्युभएमा दुईलाख र एक भन्दा बढीको मृत्यु भएमा एक जनाको २ र बाँकीको एक÷एक लाखका दरले राहत वितरण गरिएको अधिकारीले बताउनु भयो । यस भन्दा अगाडि परिवारका एक जनाको मृत्यू भएमा एक लाख वितरण गरिनेमा सरकारले अहिले एक लाख थपेर दुईलाख रुपैयाँ बनानाएको अधिकारीले बताउनु भयो ।

You can share this post!

असोज महिनाभर विदेशमा अलपत्र परेका नेपालीलाई फर्काउने तयारी, आन्तरीक हवाई उडान र सावारी साधन ५ असोजबाट संचालन

दुई महिनायता मात्रै सिन्धुपाल्चोकमा बाढीपहिरोबाट ७४ को मृत्यु, ४१ अझै बेपत्ता

Related posts