रूम बेलीका ३३ बर्षीय खबहादुरकाे उपचारका लागी परिवारबाट सहयाेगकाे अपिल

मालिका गाउँपालिका २ रुम बेलीका खबाहादुर बिक उपचारका लागि आर्थिक अभाव भए पछि लामो समय देखि बिस्तारामा नै सुतीरहनु भएको छ । अति विपन्न परीवारका विकको नसा सम्बन्धि रोगका कारण शरीरको तल्लो हर नै नचल्ने भए पछि लामो समय देखि बिस्तारामा नै सुत्न बाध्य हुनु भएको हाे ।


शुरुमा आफु सँग भएको पैसाले पोखरा स्थित चरक अस्पतालमा उपचार गरेपनि थप उपचारका लागि आर्थिक अभाव भए पछि उपचार गर्न नसकि घरमा नै विगत ८ महिना देखि रोग पालेर बिस्तारामा नै सुत्न बाध्य भएको उहाँले बताउनु भयो ।
आफु सँग भएको र रिऋण मागेर ६ लाख रुपैयाँ र्खच गरेर उपचार गरेपनि केही सुधार नभएको र थप उपचार गर्नु पर्ने डाक्टरले बताएपछि अस्पतालको शैया बाट नै घर आएर बसेको उहाँले बताउनु भयो । अहिले कम्मर भन्दा तलकाे हर नै चल्दैन उहाँले भन्नु भयाे । अरूकाे सहयाेगमा उठेर बस्ने गरेकाे छु विकले भन्नु भयाे ।

भरखरै लाउँला र खाउँला भन्ने उमेरमा नै यस्तो दैव लाग्यो परिवारको आर्थिक अवस्थामा कमजोर छ । कमाउने मै थला परेर बसेपछि उपचार त परैको कुरा हो परिवार चलाउन समेत गाह्रो भएको छ दाहिने हातले दुवै आँखाको आँसु पुच्छ्दै उहाँले भन्नु भयो । आफन्त पनि सबैको अवस्था समान्य नै छ । साहुले ऋण समेत पत्याउन गाह्रो भै सक्यो कसैले दया माया गरेर उपचार गर्नका लागि उपचार अभियान सञ्चालन गरीदिए धन्य हुने थिए । तपाइ मार्फत नै म आनुरोध गर्दछु उहाँले भन्नु भयो । छोरा अहिले दश कक्षामा पढ्छ, सानै छ पढाइमा ब्यस्त रहनु पर्ने उ, मेरो र घर परिवारको खर्च पु¥याउन विदाको समयमा ज्यालादारी गर्न जान्छ आँसुका धारा बगाउँदै सानो शोरमा उहाँले भन्नु भयो ।


गरिव परिवारका विक कुवेतमा रोजगारीको शिलशिलामा दश महिना बसेपछि विरामी भएकै कारण नेपाल फर्किएका थिए । उनलाइ वडा कार्यालयले पनि सहयाेग गरीदिनका लागी अाधिकारीक पत्र बनाइिदएकाे मालिका २ रूमका वडा अध्यक्ष नरबहादुर पुनले बताउनु भयाे ।  यसरी ३३ बर्ष कै केही गर्ने उमेरमा बिस्तारामा थला परेर बस्नु पर्दाको पिडा त्यो परिवारले कसरी भोगेको छ होला कल्पना गर्न समेत गर्न समेत गाह्रो छ । विकको परिवारले सामाजिक अभियान्ताहरु मार्फत सहयोग संकलन गरेर उपचार गरिदीनका लागि यतिवेला अपिल गरेको छ ।

नाेटः- सहयोग गर्न चाहनेहरुको लागि मोवाइल नंम्बर पिडित खबहादुर विक ९८४८८७२८०७ भुपेन्द्र दर्जि रूम ९८६७७०३४३३ र हाम्राे यस janasandesh.com काे माेवाइल नंम्बर ९८६७७४३९८० मा सम्पर्क गर्न सक्नुहुने छ ।

You can share this post!

जापानको मियागी केन अन्तर्गत सेन्दाई क्षेत्रिय कमिटि बिस्तार

म्याग्दी उबासंघ र देबचुली उबासंघ विच भेटघाट तथा अन्तरक्रिया

Related posts