राष्ट्रिय युवा संघ नेपालको गण्डकी प्रदेश इन्चार्जमा म्याग्दीका रावल

नेकपा एमाले निकट युवाहरुको संगठन राष्ट्रिय युवा संघ नेपालको गण्डकी प्रदेश इन्चार्जमा म्याग्दीका सन्तोष रावल चयन हुनु भएको छ । नेकपा बिभाजन पछिको एमाले निकट युवा संघको केन्द्रीय कमिटीको सचिवालयको पहिलो पुर्ण बैठकले रावललाई गण्डकी प्रदेशको इन्चार्जमा चयन गरेको रावलको सचिवालयले जानकारी गराएको छ ।
रावल यस भन्दा अगाडि युवा संघ नेपालका विदेश विभाग प्रमुख ,केन्द्रीय कमिटी सचिव हुदै उपाध्यक्ष पदमा रहेर काम गरीरहनु भएको थियो । उहाँ जिल्ला भित्र प्रभावसाली नेताका रुपमा समेत चिर परिचीत हुनुहुन्छ ।

You can share this post!

प्रेस युनियन म्याग्दीद्धारा स्थापना दिवसमा  बालगृहलाई स्वास्थ्य सामाग्री सहयोग

प्रदेश मन्त्री आचार्यको पहलमा केन्द्र सरकारबाट अर्घाखाँचीका यि पालिकाहरुमा परे शिक्षा र खानेपानी योजनाहरु

Related posts