म्याग्दीका तिलु शर्मा कतारमा कोभिड १९ हिरो अवाडबाट सम्मानित

म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका २ भगवती घर भै रोजगारीको शिलशिलामा कतारमा रहेका तिलु शर्मालाई एनआरएनए कतारले सम्मान गरेको छ । कोभिड १९ ले कतारमा रहेका नागरीकहरुमा पर्न गएको असरलाइ मध्य नजर गर्दै कतार सरकारबाट कोहि पनि नागरीकमा खाद्घान्न समस्या नहोस् भनेर प्रदान गरीएको राहत प्याकेज कार्यक्रम लाइ सफल बनाउन सहयोग गरेको भन्दै शर्मालाई उक्त पुरस्कारद्धरा एनआरएनए मध्यपुर्व तथा कतारले सम्मान गरेको हो ।

कोभिड १९ का कारण रोजगारी गुमाएर अलपत्र परेका नागरीकहरुलाई राहत वितरणको प्याकेज कतार सरकारले ल्याएको थियो । सोहि प्याकेज कतार च्यारीटी मार्फत एनआरएनए कतारलाई नेपाली समुदायमा वितरण गर्ने जिम्मेवारी प्रदान गरीएको थियो ।

च्यारीटी कतार मार्फत प्राप्त कतार सरकारको राहत वितरणको जिम्मेवारीलाई सफल बनाउन एनआरएनए कतारले उपाध्यक्ष उत्तम गुरुङको संयोजकत्वमा राहत वितरण समिती निमार्ण गरेको थियो । सोही समिती मार्फत मोना कतारको तर्फ देखि उपस्थित भएर राहत वितरण कार्यक्रमलाई सफल बनाएको भन्दै शर्मालाई कोभिड १९ हिरो अवाड मार्फत सम्मान गरीएको हो ।

उनी सहित राहत वितरण कार्यक्रम सफल बनाउन लागी परेका अन्य व्यक्तिहरु लाई पनि सम्मान गरीएको एनआरएनए कतारले जनाएको छ । अवार्डद्धरा सम्मानित शर्मा मोना कतारका अध्यक्ष हुन् । उनले कतारमा गएर अपत्र परेका नेपाली तथा म्याग्देलीहरुको उद्धार कार्यमा समेत महत्वपूर्ण भुमिका खेल्दै आएका छन् ।

You can share this post!

अन्नपूर्ण गाउँपालिकामा ६ दिन सेवा बन्द

माननीय ज्यू ठेक्का लिएर मात्रै हुन्छ ! काम खै ?

Related posts