काठमाडौंका सबै सरकारी अस्पताल अब कोभिड अस्पताल बन्ने

सरकारले काठमाडौं उपत्यकाका भित्र रहेका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निणार्य गरेकाे छ । सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने र स्वास्थ्य सेवा विभागसँग भएको भेन्टिलेटर, आईसीयू र अक्सिजन आदि सघन उपचारका लागि व्यवस्थापन गर्ने निर्णय गरेको स्वाथ्य तथा जनसंख्या मन्त्रालले जानाकारी दिएकाे हो ।
त्यसगरी सरकारले होटलहरुसँग सहकार्य गरेर होटल आइसोलेसन सेन्टर सञ्चालन गर्न अनुमति दिने पनि निर्णय गरेको छ । पछिल्लो समय संक्रम्ीतको संख्या दिन प्रतिदिन बढ्दै जान थालेपछि होटलहरुलाई आएसोलेसन सेन्टर बनाएर सञ्चालन गर्ने निर्णय गरेको हो । यस्ता होटलमा संक्रमितबाहेक अन्य सर्वसाधरणहरुलाई भने राख्न नपाईने प्रवधान जारी गरेको मन्त्रालयले जनाकारी दिएको छ ।

You can share this post!

म्याग्दीका होटल तथा रेष्टुरेन्टमा राेजगारीमा रहेका करीब एक हजार युवाले रोजगारी गुमाए

उघोगी र व्यवसायी लाई टिकाउनु नै अहिलेको मुख्य एजेन्डा हो उवासंघ म्याग्दी

Related posts