शिक्षकहरुलाई वालअधिकार तथा भित्ते पत्रिकासम्वन्धी २ दिने तालिम

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका वडा नं ३ मुनामा सामुदायिक विद्यालयमा अध्यापनरत शिक्षकहरुका लागि २ दिने वालअधिकार, वाल क्लव व्यवस्थापन र भित्ते पत्रिका प्रकाशन सम्वन्धि तालिम सम्पन्न भएको छ । उक्त तालिममा धवलागिरि गाँउपालिका अन्तर्गत १५ वटा विद्यालयका शिक्षक र मालिका गाउँपालिकाका ६ जना गरी कुल २१ जना शिक्षकहरुको उपस्थिती रहेको थियो ।

संगम म्याग्दीको आयोजना, गुड नेभर्सको आर्थिक तथा प्राविधिक सहयोग तथा धवलागिरि र मालिका गाँउपालिकाको संयोजनमा उक्त तालिमा सञ्चालन भएको हो । धवलागिरि गाँउपालिकाका सामाजिक संयोजक देवेन्द्र रोकाको अध्यक्षता, प्रमुख प्रशासकिय अधिकृत धु्रव रिजालको प्रमुख आतिथ्यता, शिक्षा शाखा प्रमुख ख्यामराज सुवेदीको विशिष्ठ आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा सहभागीहरुलाई स्वागत संगम म्याग्दीका कार्यक्रम अधिकृत आनन्द रेग्मीले गर्नुभएको थियो भने सञ्चालन कार्यक्रम अधिकृत विश्वनाथ आचार्यले गर्नुभएको थियो । उक्त तालिममा प्रशिक्षण राजेन्द्र पहाडीले गर्नुभएको थियो ।

वालबालिकाहरुको अधिकार, तथा उनीहरुको पाउनु पर्ने अधिकारहरुको संरक्षण तथाउनीहरुको प्रतिभा प्रष्फुटनमा भित्ते पत्रिकाको महत्वपूर्ण भूमिका रहनेकुरा सामाजिक विकाश समिति संयोजक देवेन्द्र रोकाले वताउनु भएको थियो ।

त्यसैगरि बालअधिकारको वारेमा विद्यालयमा मात्र कुरा नगरि घरपरिवार तथा समुदायस्तरमा पनि छलफल चलाउनुपर्नेमा प्रमुख प्रशासकिय अधिकृत धुव्र रिजालले बताउनु भएको थियो ।

त्यसैगरि शिक्षा अधिकृत ख्यामराज सुवेदीज्युले वालअधिकार तथा संरक्षणमा सरकारको मात्र दायित्व नभई गैर सरकारी संस्था एवम् नागरिक समाजको पनि उत्तिकै भूमिका रहेको बताउनुभयो ।

धवलागिरि गाँउपालिकामा अझैपनि वालविवाह व्याप्त रहेकाले विद्यालयतह देखि लिएर नै उनिहरुलाई सचेतिकरण गर्दै वालविवाह न्यूकरणमा जोड दिदै जानुपर्नेमा सहभागीहरुले एक्यवद्धता जनाएका थिए ।

You can share this post!

६६ औँ राष्ट्रिय सहकारी दिवस म्याग्दीमा मनाईयो

प्रकृतिलाई खुसी बनाउन भुमे पुजाको रौनक

Related posts