काँग्रेस म्याग्दीको सातौँ जिल्ला अधिवेशन अन्तर्गत सर्वसम्मत नभएका पदमा मतदान सुरु

म्याग्दी, २ मंसिर। नेपाली कांग्रेस म्याग्दीको सातौ जिल्ला अधिबेशन अन्तरगत सर्वसम्मत नभएका पदमा मतदान सुरु भएको छ ।

जिल्ला सभापतिमा खमबहादुर गर्बुजा खम्बिर सर्वसम्मत भएपनि उपसभापति, सचिव, सहसचिव, जिल्ला सदस्य र महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत नभएपछि मतदानबाट टुंगो लगाउनका लागि मतदान सुरु गरिएको निर्बाचन समितिले जानकारी दिएको छ ।

सहमतिका लागि बिहिबार बिहान ८ बजे सम्मको समय दिइएको थियो । निर्धारित समयमा सहमति जुट्न नकेपछि आज दिउँसो ३ बजेदेखि जिल्ला समन्वय समितिको सभाहलमा मतदान सुरु भएको निर्बाचन अधिकृत निरञ्जनलाल राजभण्डारीले बताउनुभयो।

दुई जना उपसभापति पदमा डमबहादुर पुन, हरिकुमार श्रेष्ठ, माधबप्रसाद रेग्मी, मिनबहादुर कार्की, कणर्बहादुर भण्डारी केबी र कमल छन्त्याल विच प्रतिस्पर्धा हुने छ ।

दुई जना सचिब पदमा भरत रकाल, अजयमिलन श्रेष्ठ, दुर्गाराम सुबेदी र हिराबहादुर पुन विचमा प्रतिस्पर्धा हुने छ । त्यस्तै दुई जना सहसचिबमा श्रीराम पौडेल, ध्रुबराज कार्की र कोमलप्रसाद उपाध्याय बिच प्रतिस्पर्धा हुनेभएको छ । सभापतिमा भने यस अघिका सभापति खम्विर गर्बजा नै सर्वसम्मत चयन हुनुभएको छ । मतदानमा जिल्ला भरका करिव ७५० क्षेत्रिय प्रतिनिधिहरु सहभागी हुने नेपाली काँगे्रेस म्याग्दीले जनाएको छ ।

अहिले मतदान स्थलमा आफ्ना मन परेको उम्मेदवारलाई मत दिनका लागि प्रतिनिधिहरुलाई लाइनबद्ध उभिएका देखिन्छन । भने विभिन्न पदका उम्मेदवारहरु आफ्नो पक्षमा भोट मागीरहेका छन ।

 

You can share this post!

कार्यालय ब्यवस्थापनमा भएको अबरोध र धम्कीप्रति महासंघको ध्यानाकर्षण

७२ वर्षमा एमालेका १० महाधिवेशनः यी हुन नेतृत्व सम्हाल्ने नेता

Related posts