कोरोना संकटः शिक्षकले तलब पाएनन् तर विद्यार्थीले भने असार सम्मकै शुल्क तिर्ने

कोरोना भाइरसकोसंक्रमणको जोखिमका कारण म्याग्दीमा गएको चैतदेखि विद्यालयहरु बन्द छन । विद्यालय बन्द हुँदा नियमित रुपमा पढाइ रोकिएको मात्रै होइन, परीक्षाका कार्यक्रम पनि स्थगित भएका छन । तर, म्याग्दीका नीजि, सामुदायिक तथा सरकारी विद्यालयहरुले भने सामान्य अवस्थाकै जसरी विद्यार्थीबाट शुल्क उठाउन लागेका छन । म्याग्दीका नीजि, सामुदायिक तथा सरकारी विद्यालयहरुले बन्द भएको समयको पनि कक्षा ११ र १२ का विद्यार्थीबाट मासिक शुल्क लिने भएका छन् । क्लासको कोर्ष सकिएको भन्दे विद्यार्थीहरुमार्फत विद्यालयले मासिक शुल्क लिने बताएका हुन् ।

कोरोना माहामारीका कारण चैत्र महिना देखि विद्यालयहरु सञ्चालन भएका छैनन् । राष्ट्रिए परिक्षा बोर्डले कोरोनाका कारण रोकिएको कक्षा १२ को मंसिर ९ गते देखि र कक्षा ११ को मंसिर १८ गते देखि होम सेन्टरमा परिक्षा सञ्चालन गनै तयारी गरीरहेको छ । सोही अनुसार सबै विद्यालयहरुले परिक्षा लिने तयारी गरीरहेका छन् । परिक्षा लिने तयारी गरीरहेका बेला कोरोनाका पठनपाठन बन्द भएको महिनाको विद्यार्थिले महिनावारी शुल्क तिर्ने कि नतिर्ने भन्ने विषय सार्वजनिक बहको विषय बनेको छ ।

चैत्र महिना देखि सरकारी र सामुदायिक विद्यालय बाहेक निजि विद्यालयका शिक्षकहरुले पुरै महिनाको तलब पाएका छैनन् । बेनीमा रहेको न्यू वष्ट पोइन्ट आ.मा.वि.ले चैत्र महिना सम्मको सबै शिक्षक हरुले तलब पाएको बैशाख महिनाको आधा तलव र असोज महिनाको तलव शिक्षक हरुको खातामा जम्मा गरेको बताएको छ । त्यसै गरी माउन्ट एभरेष्ट आ.मा.वि.ले चैत्र महिना सम्मको शिक्षकलाई तलव भुत्तानी भएकोे र त्यसपछि तलव भत्तानी नभएको बताएको छ । बेनीमा २ वटा नीजि, १ सरकारी एक सामुदायिक र म्याग्दी बहुमुखि क्याम्समा कक्षा ११ र १२ को पनि पठन पाठन हुनेगरेको छ ।

बेनीमा कक्षा ११ र १२ का कक्षा सञ्चालन गर्नेमध्ये न्यू वेष्ट पोइन्टमा २५२, माउन्टमा ३३५ , म्याग्दी क्याम्पसमा ३२६, प्रकाश माविमा ४८७ र बेनी सामुदायिकमा २२८ जना विद्यार्थिले अध्ययन गर्ने गरेका छन् । बेनी सामुदायिक माविका रहेका नीजि, करार तथा पुर्णकालीन तलव खाने शिक्षक हरुलाई गत भदै महिना सम्मको तलव भुत्तानी भएको बेनी सामुदायिक माविका प्रअ दिपक श्रेष्ठले बताउनु भयो । त्यसैगरी प्रकाश माविका पुर्ण कालीन शिक्षकले कातिक महिना सम्म र पाट टाइमर शिक्षकले असार मसान्त सम्मको तलव भुत्तानी भएको प्रकाश मा.विका प्रअ हरिकृष्ण सुवेदीले बताउनु भयो । म्याग्दी बहुमुखी क्याम्पसमा रहेका कक्षा ११ र १२ का शिक्षको पनि असार मसान्त सम्मको तलव भुक्तानि भै सकेको सहायक क्याम्पस प्रमुख श्रीधर सुवेदीले बताउनु भयो ।

क्याम्पस सहित सामुदायिक र सरकारी विद्यालयका शिक्षकले तलव पाए पनि नीजि विद्यालयका शिक्षकहरुले भने तलव भत्ता पाएका छैनन् । कोरोनाका कारण विद्यालय बन्द भए पछि विद्याथीबाट शुल्क नउठेको भन्दे नीजि विद्यालयका शिक्षकलाइ तलव भत्ता नदिएको नीजि विद्यालयमा अध्यापन गराउने एक शिक्षकले बताए । शिक्षकले तलव भत्ता नपाए पनि पछिल्लो समय विद्यालयहरुले अध्ययन गर्ने कोर्ष सकिएको भन्दै असार मसान्त सम्मको शुल्क लिने बताएका छन् ।
तलव दिनबारेके भन्छन नीजि विद्यालय
सरकारले कोरोना माहामारीका कारण पठनपाठन नभएको महिनाको माशिक शुल्क नलिन नीजि विद्यालयलाई आग्रह गरेपनि नीजि विद्यालयहरुले असार मसान्त सम्मको मासिक शुल्क लिने बताएका छन् । शिक्षकहरुको तलव व्यवस्थापनको सन्दर्भमा परीक्षा सञ्चालन भै सकेपछि विद्यार्थीबाट उठेको मासिक शुल्क अनुसार तलव दिने कि नदिने भन्ने विषयमा सञ्चालकहरु संग छलफल भै रहेको न्यु वष्ट पोइन्ट कलेजका पमुख डि.वी दाहालले बताउनु भयो । माउन्ट एभरेष्ट माविका पिन्सिपल राजु केसी ले पनि सो विषयमा छलफल चलिरहेको बताउनु भयो । निजि विद्यालयहरु शिक्षकको तलव दिने विषयमा अन्यौलमा नै रहेका छन् ।

आन्तरिक परिक्षा नभए पनि शुल्क तिर्नु पर्ने
म्याग्दी बहुमुखि क्याम्पसमा अध्ययन गर्ने विद्यार्थिहरुले बार्षिक रुपमा तिनवटा आन्तरीक परिक्षा सञ्चालन हुने भनिएको थियो । सोही अनुसार विद्यार्थिहरुले एकपटको आन्तरीक परिक्षा शुल्क बराबर तिन सयका दरले नौ सय रुपैयाँ तिर्दै आएका छन् तर कोरोनाका कारण दुई वटा मात्रै आन्तरीक परिक्षा भए पनि विद्यार्थिहरुले तिन वटै आन्तरीक परिक्षाको शुल्क तिरेका छन् ।

म्याग्दीमा विद्यार्थीहरुको हकितमा बोल्नका लागि भन्दै विद्यार्थी संगठन पनि छन । तर, कोरोनाका कारण महिनौदेखि विद्यालय बन्द, हुँदा, विद्यार्थीको शुल्कबारेको अन्योल कायम हुँदा समेत ती विद्यार्थी संगठन केही बोलेका छैनन । विद्यार्थीलाई समस्या पर्दा तिनको पक्षमा आवाज नउठाउनुले विद्यार्थी संगठनको औचित्यमाथि नै पश्नचिह्न उठेकोबताइँदैछ ।

You can share this post!

मौवाफाँटका शिब केसीद्धारा रघुगंगाका स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य सुरक्षाका सामाग्री सहयोग

मेसी भन्छन्, ‘आरोपले म थाकें’

Related posts