म्याग्दी । अनेरास्ववियु म्याग्दी बहुमुखी क्याम्पसको नवौँ क्याम्पस सम्मेलन बुधबार सम्पन्न भएको छ । सम्मेलनले आकाश पुन मगरको अध्यक्षतामा अनेरास्ववियुको क्याम्पस कमिटि गठन गरेको छ ।
कमिटिको उपाध्यक्षमा नेहा घले, सचिवमा सुजन खत्री, सह–सचिवमा टिना मल्ल, सुस्मिता कार्की, शिशिर सुवेदी, कोषाध्यक्षमा कुसुम सुनार र सह–कोषाध्यक्षमा यु प्रसाद कडेल चयन हुनभएको छ । त्यस्तै सम्मेलनबाट प्रविण पौडेलको संयोजकत्वमा अखिल फोर्स गठन भएको छ । फोर्सको उपसंयोजक बिकल चोखाल, राम कार्की र सचिव विवेक खत्री रहनुभएको छ ।
यसैगरि स्वयमसेवक प्रमुखमा सागर शर्मा, उपप्रमुखमा शुसिल सुवेदी, र सविचमा रोजिना पौडेल चयन हुनुभएको अनेरास्ववियु म्याग्दीका प्रचार बिभाग प्रमुख समिर रोका मगरले जानकारी दिनुभयो । रचनात्मक तथा खेलकुद विभाग प्रमुखमा कल्याण सुवेदी चयन हुनुभएको छ ।
सम्मेलनको उद्घाटन गर्दै प्रमुख अतिथि अनेरास्ववियु स्थायी कमिटि सदस्य तथा गण्डकी प्रदेश सह–ईन्चार्ज भरत गुरुङ कोनेले अनेरास्ववियु बिद्यार्थी आन्दोलनको नेता संगठन हो भन्दै राजनैतिक परिवर्तनमा बिद्यार्थीको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । शैक्षिक प्रमाणपत्र धितो राखेर क्रृण उपलब्ध गराउन सरकारलाई माग गर्ने संगठन अनेरास्ववियु भएको उहाँले बताउनुभयो ।
नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले कम्युनिष्ट आन्दोलनको भरलाग्दो संगठन अनेरास्ववियु हो भन्दै बिद्यार्थी आन्दोलनलाई रचनात्मक शैलिमा अगाडि बढाउनु पर्ने बताउनुभयो । उहाँले पार्टीको जनवर्गीय संगठन मध्य अनेरास्ववियु उत्कृष्ट संगठन भएको पनि बताउनुभयो ।
त्यस्तै अनेरास्ववियु केन्द्रिय स्थायी कमिटि सदस्य तथा गण्डकी प्रदेश संयोजक प्रकाश पौडेलले शिक्षा र स्वास्थ्यलाई राज्यको दायित्वमा ल्याउन अनेरास्ववियुले अभियान संचालन गरेको बताउनुभयो । हरेक बच्चा जन्मिदा साथ शिक्षा र स्वास्थ्य विमा गर्ने ब्यबस्था लागु गर्न सरकार संग माग गरिएको उहाँले बताउनुभयो । साथै बिपत्तिमा साहारा, विभेदमा बिद्रोह ‘म अखिल’ अभियानमा जोडिन सम्पूर्ण बिद्यार्थीहरुलाई आव्हान गर्नुभयो ।
अनेरास्ववियुका केन्द्रिय सचिवालय सदस्य तथा जिल्ला इन्चार्ज सुवास बिश्वकर्माले अनेरास्ववियु बिद्यार्थीहरुको हकहितका मुद्दाहरुलाई स्थापित गर्न सक्ने क्षमता भएकै कारण अन्य संगठनको पनि नेता संगठन भएको दावी गर्नुभयो ।
कार्यक्रममा स्ववियु सभापति तथा पूर्व केन्द्रिय सदस्य साबित्रा केसी, जिल्ला संयोजक दर्पण रोका लगाएतले बोल्नुभएको थियो । कार्यक्रम जिल्ला सहसंयोजक मिलन खत्रीको अध्यक्षता, जिल्ला सचिवालय सदस्य मंगला कार्कीको स्वागत र सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख समिर रोका मगरको संचालनमा सम्पन्न भएको थियो ।