बेनीमा पौष २९ गतेदेखि माघेसंक्रान्ति मेला संचालन हुने

बेनी । महिला उद्यम विकास समिति म्याग्दीको आयोजनामा यहि पौष २९ गतेदेखि माघ २ गते सम्म माघसंक्रान्ति मेला संचालन हुने भएको छ । परम्परागत रुपमा संचालन हुँदै आएको माघेसंक्रान्ति मेलालाई निरन्तरता दिनका लागि यस बर्ष पनि मेला समितिले ३ दिने मेला आयोजना गर्न लागेको हो ।

माघे संक्रान्ति पर्वको रुपमा परम्परागत रुपमा बेनीमा आयोजना हुने मेलालाई जगेर्ना गर्दै कला, संस्कृति र परम्पराको संरक्षण तथा स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने लक्ष्य सहित तीन दिने मेला आयोजना गरिएको महिला उद्यम विकास समितिका सभापति अम्बिका श्रेष्ठले जानकारी दिनुभयो ।

मेलाको तयारीको सन्दर्भमा जानकारी दिन विहिवार आयोजित पत्रकार सम्मेलनमा समितिका सभापति श्रेष्ठले उद्योग बाणिज्य संघ, जिल्लामा रहेका स्थानीय तह, सरकारी कार्यालय तथा विभिन्न संघ संस्थासंगको सहकार्यमा परम्परागत मेलालाई निरन्तरता दिन लागीएको बताउनुभयो । उहाँका अनुसार, मेलामा कृषि ज्ञान केन्द्र र बेनी नगरपालिकासंगको सहकार्यमा कृषि मेला पदर्शनी समेत गरिनेछ ।

मेलामा खुला नृत्य र आमाहरुको एकल लोकनृत्य प्रतियोगिता मुख्य आकर्षणको रुपमा समावेश गरिएको छ । खुला नृत्यमा प्रथम, द्धितिय र तृतीय हुनेलाई क्रमश नगद रु २० हजार, १० हजार र ५ हजार तथा आमाहरुको एकल लोकनृत्यमा प्रथम, द्धितिय र तृतीय हुनेलाई क्रमश नगद रु १० हजार, ६ हजार र ३ हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

अन्धनिसान र महिला पुरुषको लठो तान्ने र छेलो फाल्ने लगायतका प्रतियोगिता, महला उद्यमी सम्मान, तथा स्थानीय उत्पादन तथा कृषि प्रदर्शनी समेत मेलामा समावेश गरिएको महिला उद्यम विकास समितिका महासचिब प्रमिला श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार, मेलामा जिल्लामा रहेका विभिन्न जातजाति , संघ संस्था र समूहको पहिचान झल्कने झाँकी पर्दशनी सहित स्थानीय र राष्ट्रिय कलाकारहरुको सांगीतिक प्रस्तुती समेत रहनेछ ।

मेलामा चर्चित गायक प्रकाश दुतराज, रचना रिमाल लगायतका कलाकारको विशेष प्रस्तुति रहने छ । मेलालाई सफल बताउन विभिन्न २२ वटा उपसमिति गठन गरेर तयारीलाई तिब्रता दिईएको महिला उद्यम विकास समितिले जनाएको छ ।

बेनीमा बर्षौदेखि सञ्चालन हुँदै आएको माघे संक्रान्ति मेलाको निरन्तरता संगै कला र संस्कृतिको संरक्षण र व्यापार व्ययवसाय संगै पर्यटन प्रवद्र्धनमा माघे संक्रान्ति मेलाले सहयोग पुग्ने म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो । उहाँले मेला आयोजना हुने खुलामञ्चमा यस पटक म्याग्दीका व्यवसायी र उद्यमीहरुको मात्रै स्टल रहने समेत जानकारी दिनुभयो ।

परम्परागत रुपमा लाग्दै आएको मेलालाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि वि.स. २०५७ सालदेखि म्याग्दी उद्योग बाणिज्य संघले महोत्सव एवम् मेलाको रुपमा माघे संक्रान्ति मेलालाई निरन्तरता दिँदै आएको छ । बेनीमा हरेक तीन बर्षमा म्याग्दी उद्योग बाणिज्य संघको आयोजनामा महोत्सव तथा अन्य बर्षहरुमा महिला उद्यम विकास समितिको आयोजनामा मेला एवम सडकखाना महोत्सव आयोजना हुँदै आएको छ ।

You can share this post!

गणतन्त्रको विकल्प होइन, सुधार गर्ने सुझाव दिनुस्– मन्त्री जुग्जाली

जापानमा छन्त्याल संघ गठन, अध्यक्षमा गंग बहादुर तथब्जा छन्त्याल निर्वाचित

Related posts