मराङको अर्वाङ्गमा खेलाडि उत्पादन गर्न १५ दिने प्रशिक्षण

म्याग्दीको धवलागिरी गाउँपालीका–६ मराङको अर्वाङ्गमा राम्रो भलिवल खेलाडि उत्पादन गर्नका लागि १५ दिने भलिवल प्रशिक्षण गरिएको छ । अर्वाङ्गमा रहेको प्रगति युवा क्लवको आयोजनामा गाउँका खेलाडीहरुमा फिङ्गरिङ्ग, खेलाडि अनुशासन, होल्डिङ्गमा सुधार गर्दै एफ आइ भि.बिको नयाँ सिस्टममा रहेर खेलाडिहरु लाई प्रशिक्षण गरीएको म्याग्दी जिल्लाका भलिवल प्रशिक्षक तथा क्षेत्रीय रेफ्री कुमार किसानले बताउनु भयो ।
ग्रामीण बस्तीमा खेलाडिहरु उत्पादन भए पनि नयाँ खेलमा आउने नयाँ नियमका बारेमा पहुँच नपुगेपछि खेलाडीहरुलाई प्रशिक्षण गरिएको प्रगती युवा क्लवका अध्यक्ष चक्र पुनले बताउनु भयो ।


कोरोनाका कारण अहिले अर्वाङ्गका खेलाडिहरुमा मात्रै पशिक्षण गरीएको र पछी आश्यक परेमा अरु ठाउँका खेलाडीहरु पनि समावेश गरेर प्रशिक्षण आयोजना गरीने अध्यक्ष पुनले बताउनु भयो । प्रशिक्षक किसानको बेनीमा पिसीआर रिपोर्ट चेक गरेर पिसीआर पिपोर्ट नेगेटिभ आएपछि मात्रै प्रशिक्षकका रुपमा लगिएको अध्यक्ष पुनले बताउनु भएको थियो । अर्वाङ्गका मात्रै ३० जना पुरुष र २२ जना महिला खेलाडिहरुलाई विहान, दिउँसो र बेलुका गरी दिनको तिन पटक सम्म असोज १२ गते देखि २७ गते सम्म निरन्तर खेलको प्रशिक्षण गरीएको हो ।
प्रशिक्षण पछि विधाइ तथा सम्मान कार्याक्रममा बोल्दै मराङका वडा सदस्य लोक बहादुर पुनले खेलाडिहरु ले खेल क्षेत्र सँगै समाजमा जरो गाडेर रहेको कुलत, विकृती, विसंगतीको क्षेत्रमा पनि सचेतनामुलक कार्याक्रमहरु सञ्चालन गर्न तथा खेलाडीहरुमा अनुसाशन र आनिबानि सुधार गर्नका लागि प्रशिक्षणले सहयोग भएको बताउनु भयो । कार्यक्रममा बोल्दै प्रशिक्षक किसानले खेलाडिहरुले नियमको बारेमा जानाकारी नराख्दा थुप्रै अवसरबाट बन्चीत हुन परेको बताउँदै प्रशिक्षण पच्चात अर्वाङ्गका खेलाडिहरु नियम नजानेर कुनै पनि अवसरबाट बन्चीत हुन नपर्ने बताउनु भएको थियो । उहाँले खेल क्षेत्रको विकासका लागि सबै लाग्नु पर्ने बताउनु भयो ।
क्लवका अध्यक्ष पुनको अध्यक्षता उपाध्यक्ष याम कुमार जुग्जालीको स्वागतमा सम्पन्न विदाई तथा सम्मान कार्यक्रको सञ्चालन क्वलका सदस्य सुमन जुग्जालीले गर्नु भएको थियो ।

You can share this post!

सरुका अंकल सँग अध्ययन गरेका माउन्टका भुपु विद्यार्थिद्धारा सरु बचाउ अभियानमा सहयोग

धवलागिरीको बिशेष गाउँसभा तीन करोड ४९ लाख बजेट बिनियोजन, उत्कृष्ट कर्मचारीलाई सम्मान

Related posts