महिला उद्यम विकास समितिको सातौँ अधिवेशन सम्पन्नः सभापतिमा अम्विका श्रेष्ठ चयन

म्याग्दी । महिला उद्यम विकास समिति म्याग्दीको दशौँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनको आईतवार बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले उद्घाटन गर्नुभएको हो ।

अधिवेशनको उद्घाटन गर्दै नगर उपप्रमुख लामिछानेले महिलाहरु सिप विकास र उद्यमशिलतर्फ अग्रसर हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।
अधिवेशनमा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेल बहादुर कटुवालले महिलाहरुलाई सशक्त बनाउन र उत्पादन तथा उद्यममा जोडिनका लागि महिला उद्यम विकास समितिको भूमिका महत्वपूर्ण भएको बताउनुभयो ।

कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका पूर्व अध्यक्षहरु सुदर्शन कुमार श्रेष्ठ, कुविर कुमार श्रेष्ठ, जीवन कुमार विश्वकर्मा, जिल्ला समन्वय समितिका सदस्य जानकी विश्वकर्मा, बेनपा वडा नम्वर ६ का अध्यक्ष कृष्णसिंह बानियाँ, वडा नम्वर ७ का अध्यक्ष रमेश कुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष प्रकाश पौडेल, महिला उद्यम विकास समितिका पूर्व सभापति सृजना श्रेष्ठ लगायतले बोल्नुभएको थियो ।

कार्यक्रमकै अवसरमा उद्यमी सम्मान अन्तर्गत एसएस टेलरिङका संचालक सुकमाया रत्न र सुनिता टेलरका संचालक सुनमाया किसानलाई नगद सहित सम्मानपत्रले सम्मान गरिएको थियो ।

कार्यक्रमकै अवसरमा समितिद्वारा पौष १ गतेबाट संचालन गरिएको १५ दिने केश श्रृङ्गार तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण समेत गरिएको थियो । प्रशिक्षक पिस साइन व्युटि होम बेनीका संचालिका प्रमिला जोशी श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रम समितिका सभापति लक्ष्मी भण्डारी कार्कीको अध्यक्षता र कार्यवाहक महासचिव प्रमिला जोशी श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो । अधिवेशनले अम्विका श्रेष्ठको सभापतित्वमा नयाँ कार्य समिति समेत चयन गरेको छ ।

 

You can share this post!

दुर्गमको विकासका लागि संघीय व्यवस्था वरदान हो–मन्त्री जुग्जाली

महिला उद्यम विकास समितिको सभापतिमा अम्विका श्रेष्ठ

Related posts