अहिलेको एमाले नेकपाकै विरासत हो ओली

असोज १५ काठमाडौ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको एमाले नेकपाको निरन्तरताको विरासत बोकेको पार्टी भएको बताउनु भएको छ  ।

गोदावरीस्थित सनराइज हलमा सुरू भएको प्रथम विधान महाधिवेशन सम्मेलनलाई सम्बोधन गर्दै ओलीले एमालेले नेकपाको निरन्तरताको सकारात्मक विरासत बोकेको बताउनु भएको हो  ।

‘ नेकपाको एकता निष्कर्षमा पुग्न नसकेपछि हामी एमालेका रूपमा क्रियाशील छौं । तर, यो नेकपा एमाले राजनीतिकरूपमा एकीकरण र नेकपाको निरन्तरतासहितको सकरात्मक विरासत बोकेको पार्टी हो । यो एकीकृत महाधिवेशन हो’, ओलीले भन्नुभयो ।

उहाले  एमालेबाट बाहिरिनेहरू फुटपरस्त र संगठनात्मक अराजकता फैलाउनेहरू भएको बताउनुभयो  । ‘केही व्यक्तिहरू बाहिरिएका छन् । संगठनात्मक अराजकता र फुटलाई उनीहरूले प्रश्रय दिएका छन् । एमालेविरुद्ध संगठित प्रहार सुरू भएको छ’, ओलीले भन्नुभयो ।

You can share this post!

पहिलो पटक नेपाली महिलाले गरिन् धवलागिरि हिमालको सफल आरोहण

अनेरास्ववियु म्याग्दीद्वारा म्याग्दी बहुमुखी क्याम्पसमा प्रारम्भिक कमिटि गठन

Related posts