दुबै मृगौला फेल बेगखोले चेलिलाई युके बाट प्राप्त  २ लाख ८१ हजार घरमै पुगेर हस्तान्तरण

म्याग्दीको रघुगंगा गाउँपालिका १ बेगखोले चेली ४० वर्षकी पार्वति विक लाई बेगखोला कल्याणकारी समाज युके बाट २ लाख ८१ हजार सहयोग प्राप्त भएकको छ । दुवै मृगौलाले काम नगर्ने भए पछि आर्थिक अभावका कारण उपचार बाट बन्चित हुन पुगेकी विकलाई समाजका अध्यक्ष यु बहादुर गर्बुजा, कोषाध्यक्ष नगेन्द्र पाईजा र योगकुमार फगामिको सक्रियतामा बोगखोला बाट यूके गएका र मोना म्याग्दीका प्रवासीहरु सँग रकम संकलन गरिएको हो । संकलन गरिएको उक्त रकम सामाजिक अभियान्ता तथा भलिबल संघ म्याग्दीका प्रशिक्षक तेजेन्द्र बानियाँ तथा गलेश्वरका खड्का गर्बुजा द्धारा पिडित पार्वती विकको घरमा गएर नै पुगेर हस्तान्तरण गरिएको छ ।

विक परिवार आर्थिक हिसाबले विपन्न भएकै कारण उपचार वाट बन्चित बन्नु परेको सामाजिक अभियान्ता बानियाँले बताउनु भयो । पाँच महिना अगाडि बानियाँले सामाजिक सञ्जालमा विक परिवारको समस्याका बरेमा भिडियो अप्लोड गरेको र उक्त भिडीयो हेरेपछि सहयोग संकलन अभियान संचालन गरेको बेगखोला कल्याणकारी समाजका अध्यक्ष गर्बुजाले बताउनु भयो ।
श्रीमतिको उपचारमा आफु सँग भएको पैशा सकिएर घर खर्च समेत चलाउन मुस्किल भए पछि श्रीमतिको उपचार र घर खर्च चलाउनका लागि विकका श्रीमान ९ महिना अगाडि दुवै पुगेका थिए तर कोरोनाका कारण उनका श्रिमान पनि दुवैमा काम नपाएर समस्या परेका छन् । उपचार त परै छ विकलाई ६ बर्षको एक छोरा र १३ बर्षकी छोरी सहित बेहान बेलुकीको जोहो समेत गर्न आप्ठ्¥याह्रो अवस्था सिर्जना भएको छ ।

You can share this post!

विद्यालय संचालनका लागी बैठक , सुरक्षा मापदण्ड पूरा गरी तहगत रुपमा सबै शैक्षिक संस्थाहरु नियमित संचालन गरिने

लाहुरेदेखि उद्योग बाणिज्य सङ्घको अध्यक्षसम्म

Related posts