बेनीमा दशौँ माघे संक्रान्ति मेला सुरु (तस्विरहरु)

उद्योग व्यापार कलाको विकास गरौँ, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवर्धन गरौँ भन्ने मुल नाराका साथ म्याग्दी उद्योग वाणिज्य संग अन्तरगत महिला उद्यम विकास समिति म्याग्दीको आयोजनामा दशौँ माघे संक्रान्ति मेला तथा विविध सांस्कृति कार्यक्रम आईतवार देखि बेनीको खुल्लामञ्चमा सुरु भएको छ ।

मेलाको प्रतिनिधिसभा सदस्य खम्विर गर्वुजाले उद्घाटन गर्नुभएको हो । मेला माघ २ गते सम्म संचालन हुनेछ । चर्चित कलाकारहरुको प्रस्तुति सहित जिल्ला स्तरीय लोक दोहोरी गीत प्रतियोगिता, आमा सामुहिक लोकनृत्य प्रतियोगिता, महिला पुरुष लठो, छेलो लगायतका प्रतियोगिताहर मेलामा संचालन हुनेछन ।

उद्घाटन पूर्व जिल्लाका विभिन्न जातजाति तथा संघ संस्थाका झाँकीले बेनी बजार परिक्रमा गरिएको थियो । मेलामा विभिन्न स्थानीय उत्पादनका स्टलहरु समेत राखिएको छ ।

You can share this post!

म्याग्दी मगर समाज काठमाडौं उपत्यकाको आयोजनामा माघे सक्रान्ति मेला शुरु

लोकदोहोरी प्रतियोगिताको उपाधि संगीतकर्मी संघ म्याग्दीलाई

Related posts