टोड्केबाट फर्किदै गरेको बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु

म्याग्दी । म्याग्दीको पर्यटकीयस्थल टोड्केबाट बेनी नगरपालिका–१० वाखेततर्फ आउँदै गरेको ग १ ज ७१०६ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

गएराती रघुगंगा गाउँपालिका–५, झिँको भालटोके पाखोमा जीप दुर्घटना हुदाँ चालक वाखेतका ५३ बर्षिय छबिलाल पुनको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक एवम् सुचना अधिकारी राजन रायमाझीले जानकारी दिनुभयो । ‘दुर्घटनामा घाईतेको अवस्था सामान्य छ, सबैको डिस्चार्ज भयो’ रायमाझीले भन्नुभयो ।

गाडीमा वाखेतका गुन बहादुर पूर्जा, बिजय पाइजा लगायत सवार थिए । दुर्घटनामा मृत्यु भएका र घाईतेको उद्धारका लागि बेनी नगरपालिकाका मेयर सुरत केसी सहितको टोली घटनास्थलमा पुग्नुभएको थियो ।

दुर्घटनाको जानकारी पाएपछि स्थानीयबासीले उद्धार गरेका थिए । दुर्घटना कसरी भयो भन्ने खुलेको छैन । रातको समय र अप्ठ्यारो सडक भएकाले दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।

You can share this post!

के वि एकेडेमीका विद्यार्थी तरकारी खेतीमाः सामुदायिक पाखोमा वृक्षरोपण

युवालाई लक्षित गरी अन्नपूर्णमा पर्यटन गाईड ट्रेकिङ तालिम सुरु

Related posts