सरु बचाउ अभियानमा मोना क्षेत्रीय कमिटी सेन्दाई जापनाको आर्थिक सहयोग

मंगाला गाउँपालिका–५ अर्मन किमचौरकी सरु विक बचाउ अभियानमा म्याग्दी प्रवासी नेपाली संघ ( मोना ) सेन्दाई जापन संघबाट ७६ हजार ४ सय ५६ रुपैयाँ सहयोग प्रदान भएको छ । संघका अध्यक्ष कमल बानियाँको अगुवाइमा सेन्दाई जापनमा रहेका म्याग्देलीहरु बाट संलन गरीएको उक्त रकम बानियाँको श्रीमती चिना रोका बानियाँले सरु बचाउ अभियानका अभियान्ता कुमार किसानलाई हस्तान्तरण गर्नु भएको हो ।
९ बर्षीय विकको ब्लड क्यानसरका कारण आर्थिक आभाव भए पछि उपचारमा समस्या भएको थियो । उपचारमा समस्या भएको जानकारी पाए लगत्तै सरु बचाउ अभियान सञ्चालन गरीएको किसानले बताउनु भयो । सोही अभियान अन्तर्गत सरु बचाउनका लागि सहयोग गर्ने उद्देश्य अनुरुप जापानमा पनि रकम संकलन गरीएको संघका अध्यक्ष बानियाँले बताउनु भयो । हाल सम्म सरु बचाउ अभियानमा करीब ८ लाख रुपैयाँ संकलन भै सकेको सरुका काका सुर्ज विकले बताउनु भयो ।


अस्पतालमा करीब दुई महिना देखि सरुको उपचार हुँदै आएको छ । उपचारमा दैनिक २० हजार खर्च हुन्छ । नानुको ज्यान बचाउन २० लाख भन्दा बढी रकम आवश्यकता पर्छ उनका काका सुर्ज विकले भने । घरमा भएको पैशा र ऋण गरेर सुरुमा नानुको उपचार गरे पनि रकम आभाव भए पछि बचाउ अभियान मार्फत संकलन भएको पैसाबाट हाल नानुको उपचार गरिदै आएकोको विकले बताउनु भयो । सरु बचाउ अभियानमा सहयोग गर्ने सबै प्रति आभारी रहेको बचाउ अभियानका अभियान्ता सिजन रोकाले बताउनु भयो ।
काठमाडौं स्थित कान्ति बाल अस्पतालमा दैनिक चेक अपका लागि लैजानु पर्छ, सेतो रगत, नियमीत औष्धि उपचार गर्नका लागि अभियान सञ्चालन भए पछि ठुलो राहत भएको छ सरुका बुबा मनबाहादुर बिकले भन्नु भयो ।
म्याग्दीमा रकम अभावका कारण उपचार बाट बन्चित भएका र जिल्ला भित्र हुने हरेक किसिमका विपद्मा मोना जापान सेन्दाई संघले सहयोग गरेको बताउँदै भोलिका दिनहरुमा पनि संघको तर्प देखि सक्दो सहयोग गर्ने संघका अध्यक्ष बानियाँले बताउनु भयो ।

You can share this post!

गतबर्ष सामुदायिक प्रहरी सेवा केन्द्र म्याग्दीमा मात्रै ६४ वटा निवेदन दर्ता

फोक्सोको समस्याले ग्रसित बृद्धलाई मलम लगाउँदै गंगा जिसी फाउण्डेशन

Related posts