म्याग्दीमा म्यादी प्रहरीमा १५८० जनाको आवेदन

म्याग्दी । स्थानीय तह निर्वाचन २०७९ का लागि म्यादी प्रहरीमा म्याग्दीमा पन्ध्र सय असि जनाले आवेदन दिएका छन ।
निर्वाचनमा सुरक्षाका लागि प्रहरीको संख्या कम हुने भएपछि अस्थायी प्रहरीका रुपमा म्यादी प्रहरीमा चैत ६ गतेदेखि दरखास्त खुलेको थियो । चैत ११ गते सम्म सो संख्यामा दरखास्त निवेदन प्राप्त भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जानकारी दिएको छ ।

प्रहरी कार्यालयका अनुसार चैत ६ गतेदेखि ११ गतेसम्म १२६४ जना पुरुष र ३१६ जना महिलाले निवेदन दिएका छन । आवेदनका लागि शुक्रबार अन्तिम म्याद थियो ।

म्यादी प्रहरीमा जिल्लाका बिभिन्न ठाउँबाट आवेदन दिन आएका छन । साधारण लेखपद गर्न सक्ने ब्यक्तिले दरखास्त दिन सक्ने भनिएपनि पल्स टु तथा स्नातक तह अध्ययन गर्दै गरेकाहरुले पनि म्यादी प्रहरीमा आवेदन दिएका छन ।

बैदेशिक रोजगारबाट फर्किएकाहरु तथा गाउँमै वेरोजार भई बसेकाहरु धेरै आएका छन । देशभर एक लाखको संख्यामा म्यादी प्रहरीमा भर्ना खुलेको छ भने म्याग्दीमा मात्रै ११९ वटा मतदान केन्द्रका लागि अर्को सूचना जारी नहुँदा सम्मका लागि ६५३ जना म्यादी प्रहरीको कोटा रहेको छ ।

१८ देखि ५४ बर्ष उमेर समूहका व्यक्तिहरुले म्यादी प्रहरीमा आवेदन दिन पाउने व्यवस्था गरिएको छ । विगतका निर्वाचनमा म्यादी प्रहरीमा भर्ना भई सन्तोषजनक कार्य गरेकाहरुलाई छनौट प्रक्रियामा प्राथमिकता दिईने बताईएको छ ।

You can share this post!

अबको संघर्ष सामाजिक रुपान्तरणका लागि होः पूर्वमन्त्री थापा

प्रनाउ राईद्वारा कार्य प्रगति विवरण सार्वजनिक

Related posts