अनेमसंघको वडा कमिटी गठन

नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट महिलाहरुको सङ्गठन अखिल नेपाल महिला संघको सोमबार सम्पन्न भेलाले बेनी नगरपालिका–८, बेनीको वडा कमिटी गठन गरेको छ । महिलाहरुको भेलाबाट नरु थजालीको अध्यक्षतामा ४१ सदस्यीय अनेमसंघको वडा कमिटी गठन गरिएको हो ।

यसैगरी वडा कमिटीको उपाध्यक्षमा रन्जता सुवेदी, सचिवमा भगवती थापा क्षत्री र उपसचिवमा रन्जिता बराल चयन भएको नेकपा एमाले वडा कमिटीले जनाएको छ ।

भेलालाई नेकपा एमाले जिल्ला कमिटी म्याग्दीका सदस्य एवं बेनपा–८, बेनीका इन्चार्ज उत्तमकुमार कर्माचार्य, वडा कमिटी अध्यक्ष ठाकुरप्रसाद शर्मा र जिल्ला सदस्य भुलमाया तिलिजाले सम्बोधन गर्नुभएको थियो ।

वडा कमिटीको गठन कार्यक्रम अनेमसंघ बेनी नगरपालिका कमिटीका अध्यक्ष मिना राम्जालीको अध्यक्षता र सचिव विष्णु गुरुङको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

You can share this post!

परमात्मा अवतरणको पर्व–महाशिवरात्री

अनेमसंघ धौलागिरीको अध्यक्षमा भण्डारी

Related posts