विद्यालय संचालनका लागी बैठक , सुरक्षा मापदण्ड पूरा गरी तहगत रुपमा सबै शैक्षिक संस्थाहरु नियमित संचालन गरिने

नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको भाद्र १९ गतेको मन्त्रीस्तरिय निर्णयानुसार स्वीकृत विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका अनुसार बलेफी पालिकाको विद्यालय संचालनका लागी बैठक वसेको छ ।
बलेफी गाउँपालिका शिक्षा समितिको बैठक बसी सुरक्षा मापदण्ड पूरा गरी तहगत रुपमा सबै शैक्षिक संस्थाहरु नियमित रुपमा सञ्चालन गर्ने भएको छ ।
बलेफी गाउँपालिका भित्र रहेका प्राविधिक शिक्षाहरुलाई पनि संचालन गर्ने र असोज १ गते नै माध्यमिक विद्यालय स्तरीय शिक्षक, विद्यालय व्यवस्थापन समितिका, अध्यक्ष गाउँपालिकाको शिक्षा समितिको बैठक बसी तहगत रुपमा कक्षा सञ्चालन गरिने जानकारी वलेफी ८ का वडा अध्यक्ष चरि वहादुर तामाङले जानकारी दिनुभयो ।
सुरुमा माध्यमिक स्तरीय शैक्षिक क्रियाकलाप संचालन सुरक्षा मापदण्ड अपनाई शैक्षिक गतिविधि अगाडि बढ्ने समेत तामाङले जानकारी दिनुभयो ।

You can share this post!

उद्यमी बन्न चाहनेलाई लिसँखुपाखरले १ प्रतिशतमा कर्जा दिने

दुबै मृगौला फेल बेगखोले चेलिलाई युके बाट प्राप्त  २ लाख ८१ हजार घरमै पुगेर हस्तान्तरण

Related posts