“चिनाकोटमा बन्यो पुर्बधार”

म्याग्दिको मङ्गला गाउपालिका,३ बरङ्जा खानिगाउमा रहेको ऐतिहासिक पर्यटकिय स्थल चिनाकोटमा २० लाखको योजना सम्पन्न भएको छ । पर्यटन उद्योग, वातावरण वन भु तथा जलाधर ब्यबस्थापन बाट बिनियोजित उक्त रकमले चिनाकोटमा सेप्रे बाट पानी ल्याईएको छ । मुहानमा ३ वटा इन्टेक, बाघ हान्नेमा १ वटा रिजर्भ ट्यान्की निर्माण गरि चिनाकोटमा पानी ल्याइएको हो।समुद्री सतही देखी करिब २२०० मिटर उचाईमा रहेको चिनाकोटमा पहिले यात्रा गर्न असजिलो थियो ।     

अग्लो पहाड र साघुरो बाटो हुनुले पर्यटकको ध्यान पुग्न नसकेको चिनाकोटमा अहिले पक्की सिढी र रेलिङ्ग निर्माण गरिएको छ यस्ले गर्दा आन्तरिक पर्यटकको घुईचो लाग्न थालेको झाक्रीपानी चिनाकोट पुर्बधार निर्माणका अध्यक्ष रन बहादुर रोकाले जानकारी दिनु ऐतिहासिक चिनाकोटमा पुर्बधार निर्माण गर्न ५३ जना कामदारले करिब २ महिना काम गरेका थिए भने खानिगाउ दुर्दी बाहुन पधेरा थर्पु लगाएतका स्थानिय बासीले जनश्रमदान समेत गरेका थिए ।

सरकारको करकट्टी बाहेक १९ लाख २ हजार रुपैयाले पानी,रेलिङ्ग सिढी, ट्वाइलेट, र धारो निर्माण गरिएको समितिका सचिब कमल रोकाले जानकारी दिन भयो । बिनियोजित बजेट पहिलो किस्तामा ५८३०००।- दोश्रो किस्तामा ६०००००।- अन्तिम किस्तामा ७२००००।- रुपैया गरि भुक्तानी दिईएको भु तथा जलाधर ब्यबस्थापन कार्यलयका सहायक अधिकृत सम्भुजित मिश्रले जानकारी दिनु भयो। ऐतिहासिक चिनाकोट बाइसे चौबिसे राज्यको पालामा राजा आएर दलबल सहित बसेको ईतिहास छ भने उनिहरुले प्रयोग गरेको हतियार खुडा तरबार ढाल हरु थर्पु कोटमा अझै सुरक्षित राखिएको छ।त्यहा रानिले कपाल कोर्ने ठाउ,पानी राख्ने पधेरा सुरक्षाको लागी बनाईएको बङकर र भग्नाअबशेष दरबार अझै रहेको छ । चिनाकोट लाई पुर्बजले बेहुला बेहुली भनेर नामाकरण गरेका छन।पर्यटनको अत्यन्तै सम्भावना बोकेको उक्त ठाउलाई बिकाश गर्न सम्बन्धित निकाएको ध्यान जान आवश्यक रहेको स्थानिय चिनाकोट युवा कलबका अध्यक्ष गमश रोकाले बताउनु भयो।जति बजेट आएको थियो त्यसले महत्त्वपूर्ण काम गरेको तर बजेट अपुग भएकोले पुर्बधार निर्माणमा समस्या भएको अध्यक्ष रोकाले बताउनु भएको छ ।

You can share this post!

एनआरएनए एसिया संयोजकमा दक्षिण कोरीयाबाट बिनोद कुँवरको उम्मेदवारी

बेनी नगरपालिकामा विवेक हमालको नेतृत्वमा युवा संघ र सिद्धार्थ शाक्यको नेतृत्वमा युथ फोर्स गठन

Related posts