पेट्रोलियम पदार्थ र एलपी ग्यासमा गरिएको मूल्यबृद्धि फिर्ता नलिए प्रतिकारमा उत्रिने अनेरास्ववियुको चेतावनी

काठमाडौं – नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुले खाना पठाउने ग्यास र पेट्रोलियम पदार्थमा गरेको मूल्यबृद्धि तत्काल फिर्ता लिन माग गरेको छ । अनेरास्ववियु अध्यक्ष सुनिता बरालले बिहीबार विज्ञप्ति जारी गरी मूल्यबृद्धिको निर्णय कार्यान्वयन नगर्न चेतावनी दिएकी हुन् ।

सरकारको निर्देशनमा नेपाल आयल निगमले १२ दिनकै अन्तरालमा पेट्रोलमा ३ रुपैयाँ, डिजेलमा ३ रुपैयाँ, मट्टितेलमा ३ रुपैयाँ, हवाई ईन्धनमा ५ रुपैयाँ र एलपी ग्यासमा ७५ रुपैयाँ मूल्य वृद्धि गरी जनताको आधारभूत आवश्यकताको बेवास्ता गरेको अध्यक्ष बरालको धारणा छ ।

सरकार र सरकार नियन्त्रित निकायहरू निरन्तर जनतालाई पीर र मार्काको बोझ बोकाउन घुँडा धसेर लागेको तथ्य सर्वविदितै रहेको विज्ञप्तिमा उल्लेख छ ।

‘मूल्य समायोजन भन्ने बहानामा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढाउने तर घटदा नघटाई आयल निगम लगायतका सरकारी निकायहरूले चुहावट नियन्त्रण एवम् बोनस र भत्ता वितरणमा बेवास्ता गरी जनताको आधारभूत आवश्यकतासँग प्रत्यक्ष रुपमा गाँसिएका वस्तुहरूमा मुल्य वृद्धि गर्दै आफ्ना निकाय र कर्मचारीको मनोमानीलाइ लुकाउन निरन्तर घाटामा देखाएर केवल नाफा निकाल्ने उद्देश्य राखी पटक–पटक मूल्य वृद्धि गर्ने कदमप्रति अनेरास्ववियु गम्भीर खेद व्यक्त गर्न चाहन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

अध्यक्ष बरालले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले तमाम क्षेत्रको महंगाई बढ्न गई सेवाग्राही र सबै जनतामा यसको प्रत्यक्ष असर पर्ने भएकाले तत्काल मूल्यवृद्धि फिर्ता लिन जोडदार माग गरेकी छिन् ।

‘अन्यथा अनेरास्ववियु मुल्य वृद्धि विरुद्ध जस्तोसुकै प्रतिकार गर्न बाध्य हुनेछ । साथै देशैभरिका अनेरास्ववियुका नेता कार्यकर्ताहरुलाई मुल्यवृद्विको विरुद्धको आन्दोलनमा उत्रन आहन गर्दछ,’ उनले भनेकी छिन् ।

हेनुहोस् विज्ञप्ति

You can share this post!

तनहुँका पाँच स्थानीय तह कोरोनामुक्त

दैनिक उपभोग्य बस्तुहरु र पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको अनेरास्ववियुद्वारा विरोध

Related posts