बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्षमा रमेश गिरी

म्याग्दी । बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था बेनीको २४ ओै वार्षिक साधारण सभा तथा ११ ओै अधिवेशनबाट अध्यक्ष पदमा रमेश गिरी सर्वसम्मत चयन हुनुभएको छ ।

आईतवार बेनीमा सम्पन्न भएको संस्थाको २४ औँ वार्षिक साधारणसभा तथा ११ औँ अधिवेशनबाट उपाध्यक्षमा राजेन्द्र कुमार श्रेष्ठ, सचिवमा केशव प्रसाद रेग्मी, कोषाध्यक्षमा टंक हमाल चयन हुनुभएको छ ।

त्यस्तै कार्य समिति सदस्यहरुमा  क्रमशः सिर्जना श्रेष्ठ , मनोज पौडेल, राधिका सापकोटा, बलराम सुवेदी र गंगा कुमारी खत्री निर्विरोध निर्वाचित हुनुभएको संस्थाका प्रबन्धक याम बहादुर विश्वकर्माले जानकारी दिनुभयो ।

You can share this post!

बेनी खानेपानी संस्थाको २४ औँ वार्षिक साधारणसभा (तस्विरहरु)

म्याग्दीका दुई बृहत खानेपानी आयोजनाको काम छिट्टै अघि बढ्छः सांसद गर्बुजा

Related posts