मोना जापान द्वारा आर्थिक सहयोग

म्याग्दी, असोज १२ । म्याग्दी प्रवासी नेपाली संघ ( मोना ) जापानले बेनीका आगलागी पिडित व्यवसायी द्वय प्रमोद शर्मा र जगन्नाथ शर्मा लाई आर्थिक सहयोग गरेको छ । सोमबार मोनाको बेनी स्थित कार्यालयमा एक कार्यक्रमको आयोजना गरि द्वय शर्मालाई रु ३५ हजारका दरले सहयोग रकम हस्तान्तरण गरिएको हो । सो रकम मोना हङकङका पुर्व अध्यक्ष एबँ मोना अन्तराष्ट्रिय कार्य समितिका सदस्य दल शेर्पुन्जा र मोना जापानका पुर्व सदस्य झलक खत्रीले द्वय शर्मालाई हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै शेर्पुन्जाले म्याग्देलीहरु मनकारी हुने भएकाले हरेक बिपतका बेला सहयोग गर्दै आएको बताउनुभयो।  मोना जापानले गरेको यो कार्य प्रशंसनीय भएको भन्दै आगामी दिनमा पनि सामाजिक सेवामा सक्रिय हुन अनुरोध गर्नुभयो ।

त्यस्तै मोना जापानका पुर्व सदस्य झलक खत्रीले आगलागीबाट लाखौँको क्षति पुगेका ब्यबसायीलाई थोरै भएपनि राहत पुगोस भन्ने उद्देश्यले जापानमा रकम संकलन गरिएको बताउनुभयो । त्यहाँ रहेका म्याग्देलीहरु बिच उक्त रकम संकलनमा मोना जापानका महासचिव गणेश श्रेष्ठको बिषेश भुमिका रहेको खत्रीले बताउनुभयो । सोहि कार्यक्रममा अन्तराष्ट्रिय कार्य समिति सदस्य शेर्पुन्जाले पनि रु २ हजारका दरले सहयोग प्रदान गर्नुभएको थियो ।

गत साउन २५ गते राति भएको आगलागीबाट बेनीको न्युरोडमा प्रमोद शर्माले संचालन गरेको रघुगंगा डेरी र जगन्नाथ शर्माले संचालन गरेको नतिजा किराना स्टोर्स जलेर पुर्ण रुपमा क्षेती भएको थियो । हाल नतिजा किराना स्टोर्स न्युरोडबाटै संचालन सुरु भएको छ भने रघुगंगा डेरी पसल सोहि स्थानमा छिट्टैनै संचालनमा ल्याइने संचालक प्रमोद शर्माले बताउनुभयो । बिपतको बेला महत्वपूर्ण सहयोग गरेकोमा व्यवसायी द्वय शर्माले मोना जापानलाई धन्यबाद ब्यक्त गर्नुभएको थियो ।

 

You can share this post!

विराटनगर उडेको जहाज २ घण्टा फन्को मारेर त्रिभुवन विमानस्थलमै अवतरण

बाग्लुङ्गको तितौरेमा भलिबल प्रशिक्षण सुरुः प्रशिक्षकमा तेजेन्द्र बानीयाँ

Related posts