म्याग्दीका प्रजिअद्धारा पत्रकारलाई दुरब्यवहार

म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले समाचार संकलनका लागि जिल्ला प्रशासन कार्यालयमा पुगेका पत्रकारहरुमाथि आइतबार दुरब्यर्ववहार गरेका छन् ।

द्धन्द्ध पिडित अधिकार समाज म्याग्दीको ज्ञापनपत्र बुझाउने कार्यक्रमको समाचार संकलनका लागि प्रशासनमा पुगेका पत्रकार साधन राम्जाली र धिरनबहादुर खत्रीलाई समाचार, तस्बिर र दृष्य संकलन गर्न रोक लगाएर प्रजिअले कार्यकक्षबाट निकालेका हुन् ।

दृष्य र तस्बिर खिच्न रोक लगाई, धम्कीपूर्ण भाषा प्रयोग र दुरब्यवहार गर्दै कार्यकक्षबाट निकालिएको पत्रकार राम्जालीले बताउनुभयो । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका सहसचिव राम्जाली म्याग्दी न्युज डटकम, आदर्शसमाज दैनिक, साधारण सदस्य खत्री कारोबार दैनिक, एभिन्युज टेलिभिजन, सम्बृद्ध साप्ताहिक, कोरला पोष्ट लगायत सञ्चार माध्यममा आवद्ध हुनुहुन्छ ।

“आयोजकले ज्ञापनपत्र पढ्न थालेपछि तस्बिर र दृष्य खिच्न क्यामेरा निकाल्दा प्रजिअले कसको अनुमतिमा खिच्नुभयो ? अनुमति बिना मेरो कार्यकक्षमा खिच्न मिल्दैन । बाहिर जानुहोस भन्दै धम्काउनुभयो,” राम्जालीले भन्नुभयो “हामिले परिचय दिदाँ पनि अपमानजनक ब्यवहार गरेर धम्काउदै कार्यकक्षबाट निकाल्नुभयो ।”

सत्यनिरुपण तथा मेलमिलाप र वेपत्ता छानबिन आयोग मार्फत द्धन्द्धपीडितका समस्या समाधान तथा माग सुनुवाईका लागि द्धन्द्ध पिडित अधिकार समाज म्याग्दीका सचिब सुरेन्द्र केसीको नेतृत्वमा ज्ञापनपत्र बुझाउन गएका थिए ।

प्रजिअले समाचार संकलनका लागि गरेको अवरोध र पत्रकारहरुलाई गरेको दुरब्यवहारको नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले निन्दा गरेको छ । शाखा सचिब सन्तोष गौतमको हस्ताक्षरमा जारी भएको विज्ञप्तिमा प्रमुख जिल्ला अधिकारीबाट भएको गैरजिम्मेवारपूर्ण ब्यवहार तथा कार्यशैली सच्चाउन माग गरिएको छ ।

“पत्रकारले स्वतन्त्र हिसाबले समाचार संकलन गर्न, नागरिकले सूचना पाउने अधिकारको संरक्षण, पारदर्शिता, शुसासन कायम गर्ने वातावरण बनाउन जोडदार माग गदैर्छौ,” सचिब गौतमले भन्नुभयो “प्रजिअको ब्यवहार आपत्तिजनक छ ।”

पत्रकारलाई भएको दुरब्यवहारप्रति नेपाल प्रेस युनियन र प्रेस संगठन नेपालले पनि बिरोध र आपत्ती जनाएका छन् । प्रजिअ अधिकारीले भने पत्रकारलाई नचिनेर युट्युवर ठानेर अनुमति मागेर तस्बिर खिच्न अनुरोध गरेको प्रतिक्रिया दिनुभयो ।

You can share this post!

मानवअधिकार वर्ष पुस्तक पूर्व समीक्षा

गण्डकी प्रदेशकाे युवा संजालकाे अध्यक्षमा म्याग्दीका महेश पाैडेल

Related posts