पर्वतमा सुन्दरे खोलाले गाडी बगायो, तीन जना बेपत्ता

प्रर्वत जिल्लाको कुश्मा नगरपालिका–८ मा पर्ने सुन्दरे खोलाले गाडी बगाउँदा गाडीमा सवार तीन जना बेपत्ता भएका छन् ।
मंगलबार राति परेको भीषण वर्षाको कारण बढेको सुन्दरे खोलाले खोला तर्ने क्रममा चालक सहित गाडिमा सवार २ जना बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।


बेपत्ता हुनेमा मध्यपहाडी लोकमाग अन्र्तगत पर्वत खण्डमा निमार्णरत कम्पनी लामा कन्स्ट्रक्सनका साइट इन्चार्ज इञ्जीनियर राजाराम आचार्य र गाडी चालक इन्द्र थारु रहेका छन् अर्का एक जनाको भने नाम खुल्न नसकेको जिप्रका प्रर्वतले जनाएको छ ।
बाढीले खोला किनारमा रहेका तीन वटा घर पनि बगाएको छ । घर बाढीले बगाए पनि मानिसहरु घर छोडेर भागेपछि बाँच्न सफल भएका छन् ।

You can share this post!

मंगला ५ छिसबाङमा खहरेको बाढीले घर बगाउँदा दुईको मृत्यु

म्याग्दीका स्थानीय तहहरुद्धारा पत्रकार महासंघलाई सहयोग

Related posts