मल्कबाङ समाज युकेको अध्यक्षमा शेर छन्त्याल चयन

म्याग्दी । बेलायतमा बसोबास गर्ने म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङबासीहरुको साझा संस्था मल्कबाङ समाज युकेको नयाँ नेतृत्व चयन भएको छ ।

बेलायतको रेडिङ शहरमा अधिवेशन गरि नयाँ कार्यसमिति चयन गरिएको हो । अधिवेशनबाट संस्थाका संस्थापक अध्यक्ष शेर छन्त्याल पुनः अध्यक्षमा चयन हुनुभएको छ ।

सर्वसम्मत रुपमा चयन भएको कार्यसमितिको उपाध्यक्षमा टीका पुर्जा पुन चयन हुनुभएको छ । समितिको सचिबमा रत्न गर्बुजा र कोषाध्यक्षमा देउ कुमारी छन्त्याल र कार्य समिति सदस्यमा इन्द्र कुमारी छन्त्याल, रेशम फगामी र चन्द्रकुमारी छन्त्याल चयन हुनुभएको छ ।

सन २०१५ मा स्थापना गरिएको मल्कबाङ्ग समाज युकेले यो बर्ष आठौ बार्षिक भेटघाट कार्यक्रम सफलतापूर्वक सप्पन्न गर्दै नयाँ कार्यसमिति चयन गरिएको हो ।

रोजगारीको सिलसिलामा बेलायत पुगेका मल्कबाङ्ग बासीको सुखदुःखमा हातेमालो गर्ने र सधै एकताबद्ध रहने उद्देश्यले स्थापना गरिएको मल्कबाङ्ग समाज यु केले मल्कबाङ्गको बिकास र सामाजिक कार्यमा सधै सकारात्मक भुमिका खेल्दै आएको छ ।

You can share this post!

पहिरोबाट विस्थापित सुवावासीलाई आपतकालिन राहत

धादिङको गजुरीमा बस दुर्घटनाः आठ जनाको मृत्यु

Related posts