नेपाल जेसिजको क्षेत्र (ख) सम्मेलनः म्याग्दीबासीको सांस्कृतिक स्वागत

अमित विश्वकर्मा
म्याग्दी, ४ असोज । म्याग्दी जेसिजको आतिथ्यता तथा नेपाल जेसिजको आयोजनामा बेनीमा सुरु भएको क्षेत्र (ख) सम्मेलनमा सहभागी हुन आएका अतिथि पाहुनाहरुलाई जिल्लाबासीले भव्य स्वागत गरेका छन ।

सम्मेलनलाई सफल बनाउन तथा सहभागीहुन आएका क्षेत्र (ख) अन्तर्गत रहेका ४१ शाखाका करिव ६ सय जेसिज सदस्यहरुको स्वागतका लागि बेनी बजारबासीले बजार सजावट, तथा सरसफाई गरि घर अगाडि जलघडा राखेर स्वागत गरेका हुन ।

प्रत्येक तीन वर्षमा म्याग्दी महोत्सवको बेला सजिने बेनी बजारले जेसिजको क्षेत्र (ख)सम्मेलनको अवसरमा पुन तुल, ब्यानरले सजिएर झकिझकाउ हुने मौका पाएको छ ।

जिल्लामा रहेका विभिन्न जातजाती, संघ÷संस्था तथा विद्यालयहरुको झाँकी यसपाली मुख्य ¥यालिमा हिडेको देखिएन, बजारको चोक चोकमा रहेर आफ्नो पहिचान सहितको झाँकीले अतिथि पाहुनाहरुको स्वागत गरेको पाईयो ।

खुल्लामञ्च बाट निस्किएको ¥यालीलाई विरेन्द्रचोकको तल्लो क्षेत्रमा म्याग्दीका गुरुङ समुदायमा प्रचलित गुरुङ नाँचले स्वागत गरिएको थियो भने विरेन्द्रचोकमै क्षेत्री समाजको सरुन नाँच प्रस्तुति सहित क्षेत्री महिलाहरुले फुलले स्वागत गरेका थिए ।

मंगलाघाटमा पुगेको ¥यालीलाई बुद्धचोकमा बुद्ध एकेडेमीका विद्यार्थीहरुद्वारा स्वागत गरिएको थियो भने मंगला आमा समुहले फुलका गुच्छाहरु दिदै अतिथि पाहुनाहरुलाई भव्य स्वागत गरेका थिए । हुलाकचोकमा नेवार समुदायको झाँकी तथा बेनी वोर्डिङले तयार गरेको साना बच्चाहरुको नागानागीनी नाँचले आगन्तुक पाहुनाहरुको ध्यानाकर्षण गराएको थियो ।

न्युरोडमा ब्राह्मण समुदायले आफ्नो भेषभुषामा सजिएर भजन चुट्का र नाँच सहित र ग्रेस चर्च बेनीले गीत मार्फत स्वागत गरेका थिए । न्युरोडमै नेपाल छन्त्याल संघले आफ्नो भेषभुषा सहित फुलैफुल वर्साएर स्वागत गर्दा ¥यालीमा सहभागी अतिथि पाहुनाहरु निकै खुसि देखिन्थे ।

क्याम्पसचोकमा नेपाल मगर संघले प्रस्तुत गरेको पुख्यौली गीत र नाँचको आकर्षणले ¥यालीमा सहभागी जेसिज सदस्यहरु रोकिएर हेरेको र तस्विरहरु समेत लिएको देखिन्थ्यो ।

शिक्षामार्गमा थकाली सेवा समितिको स्वागत संगै बाल मन्दिर आधारभूत विद्यालय र माउन्ट एभरेष्ट आवासीय माविका विद्याथीहरुले नमस्कार गरेर अतिथिहरुको स्वागतमा लामबद्ध रहेको दृष्य खुव आकर्षक रहेको थियो ।

हस्पिटलचोकमा कालीगण्डकी आमा समुहले आफ्नो भेषभुषा सहित अतिथिहरलाई पिउने पानी दिएर स्वागत गरेका थिए भने पिपलचोकमा ¥याली आईपुग्दा न्यु वेष्ट पोईन्ट आवासीय माविको लाखे नाँच र एनसीसीको तालिम लिएका विद्यार्थीहरुको सामुहिक प्रस्तुति रोचक देखिन्थ्यो ।

क्याम्पसचोकको तल्लो क्षेत्रमा लिटल गार्डेनका विद्यार्थीहरुको स्वागत पछि गणेशटोलतर्फ अघि बढेको ¥यालीलाई क्याम्पसचोकमै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीका कलाकारहरुले प्रस्तुत गरेको बेनीको बजार जता माया उतै छ नजर किरेमिरे जाले रुमाल प्रचलित गीतले जेसिजका सदस्यहरु नाच्दै हिडेको देखिन्थ्यो ।

क्याम्पसचोक नेरै मिजार समाज म्याग्दीले आफ्नो भेषभुषामा सजिएर स्वागत गरेको थियो भने गणेशटोलमा टेलरिङ व्यवसायी संघले स्वागत गरेका थिए । संगमचोक आईपुग्दा नेवार समुदायले प्रस्तुत गरिरहेको परम्परागत हनुमान नाँच ¥यालीमा सहभागी पाहुनाहरुको लागि मुख्य आकर्षण नै बन्न पुग्यो ।

संगमचोकबाट खल्लामञ्चतर्फ अगाडि बढिरहेको ¥यालीलाई प्रकाश माविले प्रस्तुत गरेको परम्परागत रोपाईँ नाँचले थप आकर्षित बनायो । यो संगै खुल्लामञ्च नजिक पुगेको जेसिज सदस्यहरुलाई नविन आनन्द योग प्रशिक्षण केन्द्रले गहुँको जमराको जुस प्रदान गरि स्वागत गरेको थियो ।

भित्र प्रवेश गरेपछि हरेकृष्ण स्कोन म्याग्दीको भजन सहितको झाँकी, ब्रह्मा कुमारी ईश्वरीय विश्व विद्यालय, मुस्लिम समाज लगायतका संघ संस्थाका झाँकीहरुले सहभागीहरुको ध्यान खिचेको थियो ।

जिल्लाका कला र संस्कृति विनिमय गर्ने कार्यक्रम अनुसार यसपाली ठाउँठाउँमा झाँकी प्रस्तुत गरेर नयाँ अभ्यास गरिएको म्याग्दी जेसिजका संस्थापक अध्यक्ष सिनेटर रमेश कुमार श्रेष्ठले बताउनुभयो । म्याग्दीको साँस्कृतिक विविधता देखेर सम्मेलनमा सहभागीहुन म्याग्दी आएका जेसिज सदस्यहरु प्रफुल्ल बनेका देखिन्थे ।

You can share this post!

सामाजिक क्षेत्रमा क्रियाशिल चार जनालाई सम्मान

मोना अस्ट्रेलियाद्वारा जिल्लाका पर्यटकीय स्थलको फोटो प्रदर्शनी तथा पुरस्कार वितरण

Related posts