म्याग्दी काँग्रेसको सचिव पदमा रकालको उम्मेदवारी घोषणा

म्याग्दी । मंसिर १ गते बेनीमा आयोजना हुने नेपाली काँग्रेसको १४ औँ महाधिवेशन तथा सातौँ जिल्ला अधिवेशनमा नेपाली काँग्रेस म्याग्दीका सहसचिव युवा नेता भरत रकालले जिल्ला सचिव पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ ।

मंगलबार बेनीको होटल याकमा पत्रकार सम्मेलनको आयोजना गरि पार्टी सभापति खम्विर गर्वुजा प्यानलबाट रकालले सचिव पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो । अग्रजको अनुभव र त्यागलाई सम्मान, युवाको लगनशिलता र उर्जालाई प्रोत्साहन भन्ने मुख्य उदेश्यका साथ उम्मेदवारी घोषणा गरेको नेता रकालले बताउनुभयो ।

पार्टी सचिवमा तपाईको उम्मेदवारी किन त भन्ने पत्रकारहरुको प्रश्नमा रकालले २०५६ सालदेखि नेपाली कांग्रेसले म्याग्दीमा जित हाँसिल गर्न नसकेकोले आगामी निर्बाचनमा कांग्रेसलाई सवै स्थानीय तह, प्रदेश र संघको निर्वाचनमा जिताउन, पार्टी भित्र लोकतान्त्रिक र सैद्धान्तिक पद्दतीलाई कार्यान्वयन गराउन, पार्टीले अंगीकार गरेको राष्ट्रियता, लोकतन्त्र र समाजबादको मुल सिद्धान्तमा रहेर संबिधानको रक्षा गर्न, पार्टीलाई जिल्लाको शिर्ष स्थानमा पुराउन, शसक्त ढंगले जनमैत्री बनाउन, र म्याग्देली जनताहरुको सेवा गर्नलाई आफनो उम्मेदवारी भएको बताउनुभयो ।

 

‘हामी कुन समुहमा लाग्छौँ त्यो प्रधान कुरा होइन, हामी के गर्छौ त्यो महत्वपुर्ण कुरा हो’ रकालले भन्नुभयो, “प्यानल भन्दा पनि पार्टीको सांगठनिक सुधारका लागि यो राजनैतिक मर्यादा भित्र पर्ने कुरा हो, त्यसैले यसलाई अन्यथा मान्न हुँदैन” ।

साथै उहाँले पार्टीको हितका लागि काम गर्ने युवाको जोस र जाँगरलाई मध्यनजर गर्दै अमूल्य मत प्रदान गरि आफुलाई सचिव पदमा जिताउन लागि सम्पुर्ण क्षेत्रीय प्रतिनिधिहरुलाई अनुरोध गर्नुभएको छ । युवाहरुको समर्थन आफु प्रति रहेकाले जित सुनिस्चित भएको रकालको भनाई छ ।

You can share this post!

भवन खाली गरिदिन नगरपालिकालाई महासंघको पत्राचार

हिदीमा एक घर एक धारा निर्माण सम्पन्न

Related posts