पुरानो चौतारी संरक्षण अभियानमा जुट्यो खुम्लिया यूवा क्लव

म्याग्दी, ३० बैशाख । म्याग्दीको मंगला गाउँपालिका–२,खुम्लियामा सातदशक अगाडी बनेको चौतारी पुनःनिर्माण तथा संरक्षण अभियानमा स्थानीय खुम्लिया यूवा क्लव जुट्ने भएको छ । बेनी–दरबाङ सडक अन्तरगगत सिम–कुहुँ–टोड्के जोड्ने सडकखण्डको खुम्लियामा रहेको पिपलको रूख सुकेपछि प्रयोगविहिन बनेको चौतारीलाई नयाँ स्वरुपमा मर्मत तथा बर–पिपल रोपण गरिने भएको हो ।

तत्कालिन समयमा भरिया र बटुवा, घाँसदाउराका लागि बनजंगलमा जाने स्थानीयबासीलाई लक्षित गरी स्वर्गीय टेकबहादुर घर्ती मगरद्धारा निर्मित चौतारी सडक सञ्जालको विस्तार र उचित संरक्षणको अभावका कारण पिपल सुकेपछि चौतारी समेत जिर्ण भएको खुम्लिया यूवा क्लवका उपाध्यक्ष तेजेन्द्र आचार्यले बताउनुभयो ।

‘चौतारीको पूरानो इतिहास छ, कुनै समय गाउँघरमा भेला, बैठक, चौतारीमै बस्दथे,अब सधै प्रयोग हुने गरी पुननिर्माण गछौं’ उपाध्यक्ष आचार्यले भन्नुभयो । धार्मिक मान्यता र पर्यावरणीय शुद्धतासँग सम्वन्धित वर–पिपल रोपेर बस्न मिल्ने गरी चौतारी बनाइने र खानेपानीको धारा निर्माणका लागि समेत गाउँपालिका सहित अन्य संघसंस्थालाई समेत सहयोग मागिने छ ।

तत्कालिन समयमा टोड्केमा रहेको स्वर्गाद्धारीको शाखा आश्रमबाट पैदल हिडेर पश्चिम म्याग्दी हुदै बागलुङबाट प्युठानको स्वर्गद्धारीमा जाने धार्मिक भक्तजनहरुले चौतारी आसपासमा भोजन गर्ने स्थल बनाएर समेत बस्ने गरेको स्थानीय बुढापाकाको भनाई छ ।

चौतारी आसपासमा होडिङ बोर्ड राखेर दाताको सहयोग तथा धार्मिक तथा पर्यटकीयस्थलको प्रचारप्रसार समेत गर्ने योजना छ । चौतारी बनाएका दाताका आफन्त झलकबहादुर घर्तीमगरले पुर्खाले बनाएको चौतारी बनाउन आफ्नो तर्फबाट सहयोग हुने बताउनुभयो । चौतारी नजिकैको डिलबाट म्याग्दी नदी, ताराखेत, बरंजाको सातविसे लगायतका बस्तीहरु देखिन्छ ।

 

You can share this post!

कुहुँमा तीनदिने भाषणकला तालिम सम्पन्न

बेनीमा मादल बजाउने तालिम सुरु

Related posts