म्यादी जेसिजद्वारा विद्यार्थीहरुलाई निशुल्क स्वीटर वितरण

म्याग्दी । म्याग्दी जेसिजले ‘न्यानो माया’ कार्यक्रम अन्तर्गत निशुल्क स्वीटर वितरण गरेको छ । आईतवार बेनी नगरपालिका ९ मा घुरेपानीमा रहेको स्यालीखेत आधारभूत विद्यालयमा अध्ययनरत ३३ जना बालबालिकाहरुलाई विद्यालय पोसाकको न्यानो स्वीटर प्रदान गरेको हो ।

बेनीमा रहेको अर्जुन सपिङ सेन्टरको सौजन्यमा उक्त स्वीटर वितरण गरिएको हो । विद्यालयमा आयोजित कार्यक्रममा वडा अध्यक्ष चक्र केसी र म्याग्दी जेसिजका शाखा अध्यक्ष सन्दिप खत्रीले विद्यार्थीहरुलाई स्वीटर वितरण गर्नुभएको थियो ।

म्याग्दी जेसिजको न्यानो माया कार्यक्रम अन्तर्गत जाडोको समयमा विद्यार्थीहरुलाई न्यानो कपडा स्वरुप स्कुल ड्रेसको स्वीटर वितरण गरिएको शाखा अध्यक्ष खत्रीले बताउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष केसी र विशिष्ट अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फौद बहादुर चोखालले प्रशंसनीय कार्य गरेको भन्दै म्याग्दी जेसिजलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

कार्यक्रम म्याग्दी जेसिजका शाखा अध्यक्ष खत्रीको अध्यक्षता, तालिम संयोजक कृष्ण शर्माको संचालन र सुनिता बेल्वासेको स्वागतमा सम्पन्न भएको थियो । शिक्षा, स्वास्थ्य, युवा जागरण, सामाजिक सचेतना लगायतका क्षेत्रमा म्याग्दी जेसिजले विभिन्न गतिविधिहरु संचालन गर्दै आएको छ ।

You can share this post!

म्याग्दीमा समानुपातिक मतगणना सकियोः एमालेलाई लोकप्रीय मत

अन्नपूर्णको घारमा बालविवाह न्युनीकरण तथा प्रजनन् स्वास्थ्यसम्बन्धी सचेतना

Related posts